बर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा...
काठमाडौं– टीभीएस मोटर कम्पनीले अपाचे अनुभव (एआरई–जीपी) कार्यक्रम पहिलोपटक नेपालमा सम्पन्न गरेको छ । टीभीएस अपाचे सिरिजको २० वर्ष पूरा भएको अवसर पारेर सुरु गरिएको यस रेसिङ कार्यक्रमले नेपाली चालकलाई अन्तर्राष्ट्रिय स्तरको मोटरस्पोट्र्स अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
सतुंगलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न छनोट चरणमा ६० जना चालकले प्रतिस्पर्धा गरेका थिए भने करिब २०० जना दर्शकको उपस्थिति रहेको थियो । १० वटा चुनौतीपूर्ण मोड समेटिएको पेशागत रूपमा तयार पारिएको ट्र्याकमा चालकहरूको प्रदर्शन सबैभन्दा छिटो घुम्ती समयका आधारमा मूल्यांकन गरिएको थियो ।
प्रतियोगितामा १६० सीसी, २०० सीसी र ३१० सिसी गरी तीन वर्ग समावेश गरिएको थियो । प्रत्येक वर्गका उत्कृष्ट तीन चालकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै विशेष टीभीएस राइडिङ सामग्री प्रदान गरिएको छ ।
साथै, विजेताहरूले भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने एआरई–जीपी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन् । उक्त रेसिङ प्रतियोगिताको १६० सिसी वर्गमा सुजन थापा विजयी भए भने २०० सिसीमा अभिनव राज मल्ल र ३१० सिसीमा दिलिप दनुवारले बाजी मारे ।

कार्यक्रममा टीभीएस रेसिङका अनुभवी चालकहरूले सहभागीहरूलाई पेशागत तालिम र मार्गदर्शन प्रदान गरेका थिए । टिभिएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले टीभीएस अपाचेको दुई दशक लामो रेसिङ यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नु स्वाभाविक निरन्तरता भएको बताए ।
त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले मोटरस्पोट्र्सले युवाहरूको सम्भावनालाई सही दिशामा लैजाने उल्लेख गर्दै एआरई–जीपीले नेपाली चालकलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने ढोका खोल्ने विश्वास व्यक्त गरे ।
नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा...
काठमाडौं – टीभीएसकोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...
टीभीएसले जुलाई ६ मा आफ्नो आगामी बाइक लन्च गर्ने भएको छ । यद्यपि टीभीएसले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...