भृकुटीमण्डपमा चल्दै टीभीएस ‘अचम्मैको महा एक्सचेन्ज’ मेला, नयाँ बाइक र स्कुटर अनावरण
काठमाडौं – नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज...
काठमाडौं–टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरिरहेको ‘अपाचे रेस एक्सपेरियन्स जीपी’ अन्तर्गतको पहिलो क्वालिफायर राउन्ड भोलि शनिबार, बुटवलमा आयोजना हुने भएको छ ।
कार्यक्रममा सहभागीहरूलाई राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ट्र्याक प्रशिक्षण दिइनेछ । त्यसपछि १६० सीसी र २०० सीसी श्रेणीमा प्रतिस्पर्धा गराइनेछ, जहाँबाट दुवै श्रेणीका शीर्ष तीन÷तीन जना विजेताहरू काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने ग्रान्ड फिनालेका लागि छनोट हुनेछन् ।
ग्रान्ड फिनालेका दुवै श्रेणीका प्रथम विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा ५० भन्दा बढी देशका राइडरहरूसँग नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
उनीहरूको सम्पूर्ण यात्रा, आवास तथा मोटोजीपी र मोटोसोल भ्रमणको खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनीले व्यहोर्ने बताइएको छ । इच्छुक राइडरहरूले टीभीएस नेपालको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजमा रहेको क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्ने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...