नेपाल–चीन सीमा नाकामा चेरी क्यु, नेपाल प्रवेशका लागि तयार

काठमाडौं - नेपालमा चेरी ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पद्वारा आयातित बहुप्रतीक्षित तथा लोकप्रिय मोडल चेरी क्यु नेपाल–चीन सीमा नाकासम्म आइपुगेको र अब नेपाल भित्रिन तयारी अवस्थामा रहेको कम्पनीले पुष्टि गरेको छ। चेरी क्युका गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नेबित्तिकै नेपालतर्फ भित्रिनेछन्। आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने

एसयूभीका रूपमा परिचित चेरी क्यु नेपाली बजारमा ग्राहकहरूको प्रतीक्षाको विषय बनेको छ। यससँगै, चेरी क्युको बुकिङ गरेका ग्राहकहरूले अब धेरै समय प्रतीक्षा गर्नुपर्ने छैन। सीमा नाका खुलेपछि छिट्टै डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ।

सेग्मेन्टमै उत्कृष्ट ४९.२ किलोवाट आवर ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी एडास सुविधाहरू सहितको यो नयाँ अर्बन क्रसओभरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

आधुनिक सहरी जीवनशैलीका लागि डिजाइन गरिएको चेरी क्युले स्टाइलसँगै इन्टेलिजेन्ट प्रविधि पनि प्रदान गर्छ। यसको डिजाइन र प्रविधिले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएको छ। चेरी क्युले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ तथा आईएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ।

नेपाल प्रवेशसँगै चेरी क्युले आधुनिक डिजाइन, स्मार्ट टेक्नोलोजी, सुरक्षा र व्यावहारिकतालाई संयोजन गर्ने नयाँ विकल्पका रूपमा नेपाली बजारमा आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ। सीमा नाका खुल्नेबित्तिकै गाडीहरू नेपाल भित्र्याइने र त्यसपछि यसको उपलब्धता तथा बिक्रीसम्बन्धी थप जानकारी सार्वजनिक गरिने कम्पनीको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...