भृकुटीमण्डपमा चल्दै टीभीएस ‘अचम्मैको महा एक्सचेन्ज’ मेला, नयाँ बाइक र स्कुटर अनावरण

काठमाडौं - नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज काठमाडौंको भृकुटीमण्डपमा टीभीएस ‘अचम्मैको महा एक्सचेन्ज’ मेलाको शुभारम्भ गरेको छ। मेलामा दुई आकर्षक उत्पादन टीभीएस एन्टर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० फोरभी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडीको भव्य अनावरण गरिएको थियो।

उन्नत प्रविधि, आकर्षक डिजाइन र बेजोड पर्फर्मेन्सका साथ अपाचे आरटीआर २०० फोरभी नेपालका सडकमा राज गर्न फेरि फर्किएको कम्पनीको भनाइ छ। दशैं–तिहारको शुभ अवसरलाई लक्षित गर्दै यसलाई विशेष परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराइएको छ। यसले चाडपर्वको यो समयलाई राइडरहरूका लागि नयाँ अपाचे घर भित्र्याउने उत्तम अवसर बनाएको कम्पनीले बताएको छ। स्कुटरको मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कार्यक्रमको सुरुवात जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक रौनियारको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि टीभीएस मोटर कम्पनी इन्डियाका रिजनल बिजनेस हेड, एसिया अनुभव बालीले नयाँ उत्पादनहरूबारे उपस्थित सबैलाई जानकारी गराए।

अपाचे आरटीआर २०० फोरभीमा प्रोजेक्टर हेडल्याम्पसँगै अपसाइड–डाउन (यूएसबी) फ्रन्ट फोर्क जडान गरिएको छ, जसले यसलाई अझ आक्रामक लुक र पर्फर्मेन्स राइडरहरूका लागि थप भरपर्दो ह्यान्डलिङ प्रदान गर्छ। यो म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध छ।

महा एक्सचेन्ज मेलाले ग्राहकहरूलाई आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी साधन एक्सचेन्ज गरी विभिन्न विशेष सुविधासहित टीभीएसमा अपग्रेड गर्न आमन्त्रण गरेको छ। बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले शतप्रतिशत क्यासब्याक (पूरा खरिद मूल्यसम्म) वा गोल्ड की वा १० लाखसम्मको नगद छुट जित्ने अवसर पाउने छन्।

स्थलमै ५० भन्दा बढी भ्यालुएटर, उच्चतम एक्सचेन्ज मूल्याङ्कनको सुनिश्चितता गरिएको छ भने हरेक दिन दुई भाग्यशाली ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिसको अफर उपलब्ध छ । नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा मात्रै छिटो फाइनान्स सुविधा भएको सो मेलामा टीभीएसका सम्पूर्ण मोडलहरु प्रदर्शन गरिएको छ।

मेलामा आगन्तुकहरूले जिमखाना स्टन्ट शो, टीभीएसका विभिन्न मोडलहरूको टेस्ट राइड, गेम्स जोन र खानपानका स्टलहरूको आनन्द लिन सक्नेछन्, जसले यो मेलालाई परिवार र राइडिङ प्रेमी दुवैका लागि रमाइलो चाडपर्वको दिन बनाउनेछ।

सो मेला आगामी अक्टोबर ४ अर्थात असोज १८ गते आइतबार सम्म चल्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...