टीभीएसलाई पछि पार्दै होन्डा पुनः बन्यो नम्बर–१ स्कुटर ब्रान्ड
काठमाडौं–भारतीय स्कुटर बजारमा अगस्ट २०२६ मा होन्डाले पुनः आफ्नो शीर्ष...
काठमाडौं - नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टमा पहिलो स्कुटर नयाँ एनटर्क १५० सार्वजनिक गरेको छ।
टीभीएस एनटर्क सिरिजअन्तर्गतको नयाँ मोडलमा १४९.७ सीसीको एयरकुल्ड, ओ३सीटेक इन्जिन दिइएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एनटर्क १५० ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमै लिन सक्छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। कम्पनीले यसलाई आफ्नो सेग्मेन्टकै तीव्र गतिमा एक्सेलेरेसन दिने स्कुटरका रूपमा प्रस्तुत गरेको छ।
एनटर्क १५० को डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्गलेट, स्पोर्टी टेलल्याम्प, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा सिग्नेचर मफलर र रंगीन अलोय ह्विल दिइएको छ।
स्कुटरको अगाडिको भागलाई एग्रेसिभ र एरोडाइनामिक डिजाइनमा तयार गरिएको छ। जेट विमानबाट प्रेरित एयर भेन्ट तथा इन्टिग्रेटेड विङ्गलेटले यसको स्पोर्टी लुकलाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ। त्यस्तै, ‘टी’ आकारको सिग्नेचर टेलल्याम्प तथा छोटो स्पोर्टी सस्पेन्सन सेटअप यसका अन्य डिजाइन विशेषता हुन्।
एनटर्क १५० मा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्। यसमा टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन तथा कल र म्यासेज तथा राइड मोडलगायतका फिचर समावेश छन्। कम्पनीले नयाँ स्कुटरमा दैनिक प्रयोगका लागि आवश्यक स्मार्ट तथा कनेक्टेड फिचरलाई प्राथमिकता दिएको जनाएको छ।
सुरक्षातर्फ एनटर्क १५० मा सिंगल च्यानल एबीएस तथा फर्स्ट इन सेगमेन्ट ट्र्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ। यसमा हाजार्ड ल्याम्प, फलो–मी हेडलाइट, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन तथा एड्जस्टेबल ब्रेक लिभर उपलब्ध छन्। त्यस्तै, पेटेन्ट गरिएको ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटरको अन्डर–सिट स्टोरेज पनि दिइएको छ।
एनटर्क १५० मा ‘रेस’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन्। यसमा आई–गो असिस्ट, स्ट्रिट मोडमा आईएसएस र रेस मोडमा बुस्ट फिचरसमेत दिइएको कम्पनीले जनाएको छ।
टीभीएस एनटर्क १५० नेपालभरका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध भएको छ। स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन कलरमा उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...