अमेरिकामै उत्पादन भएमात्र चिनियाँ ईभीका लागि ट्रम्प खुला

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अटो निर्माताहरूले अमेरिकाभित्रै कारखाना खोलेर गाडी उत्पादन गरेमा उनीहरूका विद्युतीय गाडी (ईभी) बिक्रीका लागि आफू खुला रहेको बताएका छन् ।

फक्स न्युजको इन्ग्राम एगंल कार्यक्रममा बोल्दै ट्रम्पले चीनले अमेरिकामा आएर कारखाना खोली यहाँका मानिसहरूलाई रोजगारी दिन्छ भने आफूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारे । यद्यपि, मेक्सिकोमा गाडी बनाएर व्यापारिक नियम छल्दै अमेरिका पठाउने कार्यमा भने आफू सहमत नहुने उनले बताए ।

वर्तमान कानुन र कडा नियमहरूका कारण चिनियाँ ईभीका लागि अमेरिकी बजार सहज भने छैन । चीनमा बनेका गाडीहरूमा सय प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था छ भने चिनियाँ कम्पनीहरूले विकास गरेका सफ्टवेयर र हार्डवेयर जडान भएका गाडीहरूमाथि प्रतिबन्ध लगाइएकाले पोलस्टार जस्ता ब्रान्डहरू प्रभावित भएका छन् ।

यसबाहेक मिशिगनकी सिनेटर एलिसा स्लटकिन लगायत धेरै अमेरिकी राजनीतिज्ञहरूले चिनियाँ गाडीहरूलाई पूर्ण रूपमा रोक्न कानुनी पहल गरिरहेका छन् ।

भर्खरै अमेरिकी यातायात मन्त्रालयले मिशिगनस्थित ब्याट्री प्लान्टका लागि चिनियाँ कम्पनी क्याटलसँग प्रविधि सम्झौता गरेको भन्दै फोर्ड कम्पनीको आलोचना गरेको थियो ।

राजनीतिक र कानुनी बाधा उत्पन्न भए पनि, चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी अमेरिका भ्रमण र ट्रम्पको लचिलो भनाइले दुई देशबीचको व्यापारिक सम्बन्धमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...