ट्रायम्फ ब्रान्ड नेपाल भित्रिएको वर्ष बन्यो सन् २०२४, ५ सय युनिट भन्दा बढी बिक्री रेकर्ड
सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको...
काठमाडाै - नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकलले स्क्र्याम्बलर ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक गरेको छ । बाइक फेस्ट २०२५ को अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ स्क्र्याम्बलर ४००एक्स पर्ल ह्वाइट सार्वजनिक गरे ।
ट्रायम्फ मोटरसाइकल २०२४ को नाडा अटो शोबाट स्क्र्याम्बलर ४००एक्स र स्पिड ४०० गरी दुई मोडल सार्वजनिक गरी नेपाली बजारमा प्रवेश गरेको थियो । ट्रायम्फ मोटरसाइकलले नेपालका बाइक प्रेमीहरूबाट छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको छ । स्क्र्याम्बलर ४००एक्सको मजबुत बनावट, शक्तिशाली इन्जिन तथा अफरोड र अनरोड दुबैमा चल्ने क्षमताले मोटरसाइकल पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ । त्यस्तै, स्पिड ४०० भने शहरको सानो अनि गल्लीको बाटो र दैनिक आवत जावत गर्नुपर्नेहरुका लागी लोकप्रिय विकल्प बनेको छ ।
नेपालमा ट्रायम्फ मोटरसाइकल प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको बताएकाे छ । यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
नयाँ कलर भेरिएन्टको बारेमा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले भने, “स्क्र्याम्बलर ४००एक्सले नेपालका मोटरसाइकल प्रेमीहरूको मन जित्न सफल भइसकेको छ । नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउनेछ । नेपाली बजारमा ट्रायम्फको माग निरन्तर बढिरहेको छ, जसले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरिरहेको छ ।”
नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ ताेकिएको छ, जुन नेपालभरका सबै आधिकारिक ट्रायम्फ डिलरशिपहरू मार्फत उपलब्ध हुनेछ । ग्राहकहरूले ट्रायम्फ नेपालको आधिकारिक सोरुम, वेबसाइट वा नजिकैको डिलरमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन् ।
सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको...
गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...
काठमाडौँ – हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...