सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा
काठमाडौँ – सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५०...
काठमाडौं । ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको छ । गत माघ १० गते देखि माघ १२ गते सम्म ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सो राइड आयोजना गरेको थियो ।
सो ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसनमा ३० जना ट्रायम्फ राइडरहरुले सहभागिता जनाएका थिए । बिहीबार बिहान राइडरहरु नक्सालस्थित ट्रायम्फ शोरुमबाट पृथ्वी राजमार्ग र पुष्पलाल राजमार्गको सुन्दर जङ्गल‚ पहाड‚ झरना‚ नदीहरूको मनोरम दृश्य हेर्दै लगभग ३०० किलोमिटरको अविस्मरणीय यात्रा पार गर्दै साँझ कुश्मा पुगेका थिए ।
कुश्माको भीरहरूको बीचमा र कालीगण्डकी नदीको किनारमा राइडरहरुले पाहलो रात बिताए, जहाँ बोनफायर‚ बारबेक्यू र बिङ्गो खेलले यात्राको सबै थकाई मेटाएको थियो ।
दोस्रो दिन रोमाञ्चकताले भरिएको थियो । राइडरहरुले कुश्मामा बञ्जी जम्प‚ स्काइ वाक‚ जिपलाइन र स्काइस्विङ जस्ता साहसिक खेलहरूको अनुभव गरे । दिनको अन्त्य पोखरामा भयो‚ जहाँ राइडरहरूले लेकसाइडमा निकै रमाइलो गरेका थिए ।
तेश्रो दिन राइडरहरु बिहान सवेरै उठे र पोखरा निजकैको काहुँडाँडा भ्रमण गरे । बिहानीको सूर्योदयमा अन्नपूर्ण हिमपर्वत श्रृंखला र पोखरा उपत्यकालाई छोपेको सुन्दर बादलको मनोरम दृश्यले सबै राइडरहरुमा एउटा नयाँ उर्जा प्रदान गरको थियो । सोही उर्जा, अनि उत्साहका साथ उनीहरू काठमाडौं फर्किएका थिए ।
लगभग ६०० किलोमिटरको यो लामो यात्रा शानदार रूपमा सम्पन्न भयो र यस राइडको क्रममा ट्रायम्फ राइडरहरुले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरे । जसले स्थानीय व्यापार प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न मद्दत गरेको थियो भने सो राइडले दुईपांग्रे पर्यटन प्रवर्धन गर्न पनि मद्दत गरेकोे थियो ।
ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने‚ ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन एक रमाइलो मोटरसाइकल यात्रा मात्र नभएर मोटरसाइकलिङ जीवनशैलीको एक अनुभव पनिहो ।’
हंसराज हुलासचन्द एन्ड कम्पनीले दुईपांग्रे पर्यटन प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न आगामी दिनमा पनि थप यस्तै राइडहरु सञ्चालन गर्ने बताएको छ ।
काठमाडौँ – सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५०...
काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप...
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...