ट्रायम्फ नेपालले सम्पन्न ग-यो लिगेसी राइड मोटरसाइकल -यालीको दोस्रो संस्करण

काठमाडौं । ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको छ । गत माघ १० गते देखि माघ १२ गते सम्म ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सो राइड आयोजना गरेको थियो ।

सो ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसनमा ३० जना ट्रायम्फ राइडरहरुले सहभागिता जनाएका थिए । बिहीबार बिहान राइडरहरु नक्सालस्थित ट्रायम्फ शोरुमबाट पृथ्वी राजमार्ग र पुष्पलाल राजमार्गको सुन्दर जङ्गल‚ पहाड‚ झरना‚ नदीहरूको मनोरम दृश्य हेर्दै लगभग ३०० किलोमिटरको अविस्मरणीय यात्रा पार गर्दै साँझ कुश्मा पुगेका थिए ।

कुश्माको भीरहरूको बीचमा र कालीगण्डकी नदीको किनारमा राइडरहरुले पाहलो रात बिताए, जहाँ बोनफायर‚ बारबेक्यू र बिङ्गो खेलले यात्राको सबै थकाई मेटाएको थियो ।

दोस्रो दिन रोमाञ्चकताले भरिएको थियो । राइडरहरुले कुश्मामा बञ्जी जम्प‚ स्काइ वाक‚ जिपलाइन र स्काइस्विङ जस्ता साहसिक खेलहरूको अनुभव गरे । दिनको अन्त्य पोखरामा भयो‚ जहाँ राइडरहरूले लेकसाइडमा निकै रमाइलो गरेका थिए ।

तेश्रो दिन राइडरहरु बिहान सवेरै उठे र पोखरा निजकैको काहुँडाँडा भ्रमण गरे । बिहानीको सूर्योदयमा अन्नपूर्ण हिमपर्वत श्रृंखला र पोखरा उपत्यकालाई छोपेको सुन्दर बादलको मनोरम दृश्यले सबै राइडरहरुमा एउटा नयाँ उर्जा प्रदान गरको थियो । सोही उर्जा, अनि उत्साहका साथ उनीहरू काठमाडौं फर्किएका थिए ।

लगभग ६०० किलोमिटरको यो लामो यात्रा शानदार रूपमा सम्पन्न भयो र यस राइडको क्रममा ट्रायम्फ राइडरहरुले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरे । जसले स्थानीय व्यापार प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न मद्दत गरेको थियो भने सो राइडले दुईपांग्रे पर्यटन प्रवर्धन गर्न पनि मद्दत गरेकोे थियो ।

ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने‚ ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन एक रमाइलो मोटरसाइकल यात्रा मात्र नभएर मोटरसाइकलिङ जीवनशैलीको एक अनुभव पनिहो ।’

हंसराज हुलासचन्द एन्ड कम्पनीले दुईपांग्रे पर्यटन प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न आगामी दिनमा पनि थप यस्तै राइडहरु सञ्चालन गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, १०० बाइकमार्फत सेवा दिँदै

आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, १०० बाइकमार्फत सेवा दिँदै

काठमाडौं – सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै...

जनवरी १ देखि सबै बाइक र स्कुटरमा एबीएस अनिवार्य, मूल्य बढ्ने अनुमान

जनवरी १ देखि सबै बाइक र स्कुटरमा एबीएस अनिवार्य, मूल्य बढ्ने अनुमान

भारतको केन्द्र सरकारले जनवरी १, २०२५ देखि भारतमा उत्पादित सबै इन्ट्री लेभल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...