ट्रायम्फ नेपालले सम्पन्न ग-यो लिगेसी राइड मोटरसाइकल -यालीको दोस्रो संस्करण
काठमाडौं । ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको...
ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल -याली ‘ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन’ सम्पन्न गरेको छ । गत मंसिर २२ र २३ गते आयोजित सो -यालीमा २२ ट्रायम्फ मोटरसाइकलमा सवार भएर २९ जनाले सहभागिता जनाएका थिए ।
नेपालका लािग ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको सो ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन नक्साल स्थित ट्रायम्फ शोरुमबाट प्रारम्भ भएको थियो । उनीहरु पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए ।
सुन्दर जङ्गल, झरना, नदीहरूको मनोरम दृश्य पार गर्दै राइडरहरु साँझ बन्दीपुर पुगेका थिए । गुरुङ समुदायको रमाइलो सांस्कृतिक चुड्का नाचको साथ पहिलो दिनको समापन भएको थियो, जहाँ राइडरहरूले चुड्कामा नाच्दै र गाउँदै राइडको सफलताको उत्सव मनाएका थिए ।
दोस्रो दिन राइडरहरुले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरेका थिए जसले स्थानीय व्यापार प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न मद्दत गरेको थियो भने सो राइडले दुई पांग्रे सवारीमार्फत पर्यटन प्रवर्धन गर्न पनि मद्दत गरेकोे थियो ।

ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन ट्रायम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो ।’
नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई पांग्रे सवारीमार्फत पर्यटन प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न आगामी दिनहरूमा पनि थप यस्तै राइडहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।

ट्रायम्फ हालै नेपाल भित्रिएको नयाँ मोटरसाइकल ब्रान्ड हो । नाडा अटो शो २०२४ को अवसरमा गत भाद्र महिनाको ११ गते देखि सो मोटरसाइकल भृकुटी मण्डप प्रदर्शनी हलमा प्रदर्शन गरिएको थियो । कम्पनीका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए । केही समय पहिले एकै पटक २०० युनिट बाइक डेलिभरी गरिएको थियो ।
काठमाडौं । ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको...
काठमाडौं– सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष ट्रेनिङ सम्पन्न...
ट्रायम्फ मोटरसाइकल इन्डियाले भारतीय बजारमा आफ्नो नयाँ क्याफे रेसर बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...