ट्रायम्फले ल्यायो शक्तिशाली इन्जिन र फिचरले सुसज्जित टाइगर १२०० को नयाँ रेन्ज

बेलायती बाइक निर्माता कम्पनी ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ बाइक बजारमा ल्याएको छ । कम्पनीले ल्याएको बाइकमा टाइगर १२०० जीटी प्रो, टाइगर १२०० जीटी एक्सप्लोरर, ट्राइम्फ १२०० र्‍याली प्रो र ट्राइम्फ १२०० र्‍याली एक्सप्लोरर समावेश छ ।

ट्रायम्फ सीपीओ स्टिभले टाइगर १२०० रेन्जको अपडेटले यसको राइडको गुणस्तरमा थप सुधार गर्ने र यसको विश्वव्यापी अपिललाई थप वृद्धि गर्ने बताए ।

कम्पनीले यसमा ११६० सीसी क्षमताको लिक्विड कुल्ड डीओएचसी इन-लाइन थ्री सिलिन्डर इन्जिन उपलब्ध गराएको छ । जसका कारण बाइकले १५० पीएस पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ । जसमा हाइड्रोलिक, वेट, मल्टी प्लेट, स्लिप र असिस्ट क्लच उपलब्ध छ।

बाइकमा ट्रायम्फ ब्लाइन्ड स्पट रडार सिस्टम, सेमी-एक्टिभ सस्पेन्सन सेटअप, ७ इन्चको टीएफटी डिस्प्लेसहितको ट्राइम्फ कनेक्टिभिटी सिस्टम, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, सिक्स राइडिङ मोड, कीलेस, एलईडी लाइटसहितको डीआरएल, ट्राइम्फ सिफ्ट असिस्ट, हिटेड ग्रिप र सिट, टीपीएमएस, हिल होल्ड, जीटी प्रो र र्‍याली प्रोमा २० लिटरको इन्धन ट्याङ्की र जीटी एक्सप्लोरर र र्‍याली एक्सप्लोररमा ३० लिटरको इन्धन ट्याङ्की, १८ र १९ र १८-२१ इन्च टायर र डम्प ह्यान्डल बार जस्ता फिचर प्रदान गरिएको छ।

सो बाइक कुल ६ रङमा उपलब्ध छ । ट्राइम्फ बाइकको एक्स-शोरूम मूल्य १९ लाख ३९ हजार भारुदेखि सुरु हुन्छ । यसका साथै ३ वर्षको अनलिमिटेड माइलेज वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं – नेपाली बजारमा जोनसेनका मोटरसाइकल उपलब्ध हुने भएका छन् ।...

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको...

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...