सीएफमोटो एड्भेन्चर राइड अपर मुस्ताङ सम्पन्न
काठमाडौं – सीएफमोटो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
बेलायती बाइक निर्माता कम्पनी ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ बाइक बजारमा ल्याएको छ । कम्पनीले ल्याएको बाइकमा टाइगर १२०० जीटी प्रो, टाइगर १२०० जीटी एक्सप्लोरर, ट्राइम्फ १२०० र्याली प्रो र ट्राइम्फ १२०० र्याली एक्सप्लोरर समावेश छ ।
ट्रायम्फ सीपीओ स्टिभले टाइगर १२०० रेन्जको अपडेटले यसको राइडको गुणस्तरमा थप सुधार गर्ने र यसको विश्वव्यापी अपिललाई थप वृद्धि गर्ने बताए ।
कम्पनीले यसमा ११६० सीसी क्षमताको लिक्विड कुल्ड डीओएचसी इन-लाइन थ्री सिलिन्डर इन्जिन उपलब्ध गराएको छ । जसका कारण बाइकले १५० पीएस पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ । जसमा हाइड्रोलिक, वेट, मल्टी प्लेट, स्लिप र असिस्ट क्लच उपलब्ध छ।
बाइकमा ट्रायम्फ ब्लाइन्ड स्पट रडार सिस्टम, सेमी-एक्टिभ सस्पेन्सन सेटअप, ७ इन्चको टीएफटी डिस्प्लेसहितको ट्राइम्फ कनेक्टिभिटी सिस्टम, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, सिक्स राइडिङ मोड, कीलेस, एलईडी लाइटसहितको डीआरएल, ट्राइम्फ सिफ्ट असिस्ट, हिटेड ग्रिप र सिट, टीपीएमएस, हिल होल्ड, जीटी प्रो र र्याली प्रोमा २० लिटरको इन्धन ट्याङ्की र जीटी एक्सप्लोरर र र्याली एक्सप्लोररमा ३० लिटरको इन्धन ट्याङ्की, १८ र १९ र १८-२१ इन्च टायर र डम्प ह्यान्डल बार जस्ता फिचर प्रदान गरिएको छ।
सो बाइक कुल ६ रङमा उपलब्ध छ । ट्राइम्फ बाइकको एक्स-शोरूम मूल्य १९ लाख ३९ हजार भारुदेखि सुरु हुन्छ । यसका साथै ३ वर्षको अनलिमिटेड माइलेज वारेन्टी दिइएको छ ।
काठमाडौं – सीएफमोटो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...