शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह
काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै...
काठमाडौं – नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प आयोजना गर्ने भएको छ । नक्सालस्थित बाइकर्स क्याफेमा मंगलबार देखि प्रारम्भ हुने सो क्याम्प आगामी शनिबार सम्म चल्ने छ ।
सो क्याम्पमा पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग ट्रायम्फ मोटरसाइकल साट्न सकिने छ । सो इभेन्टको अवसरमा नयाँ मोटरसाइकल लिने ग्राहकले २० हजार रुपैयाँ मूल्य पर्ने एरो हेल्मेट प्राप्त गर्नेछन् ।
त्यसैगरी मोटरसाइकल किन्ने ग्राहकले आफ्नो नागरिकताकै भरमा हुलास फिनसर्भमार्फत सहज फाइनान्स सुविधा लिन सक्ने छन् । यसका लागि ग्राहकले शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाए पछि बाँकी रकम किस्ताबन्दीको रुपमा तिर्न सक्ने छन् ।
पुरानो बाइक भएका ग्राहकको पुरानो बाइकमा बेस्ट भ्यालुएसन गरिने कम्पनीको भनाइ छ । क्याम्प अवधिभर ग्राहकले नेपाली बजारमा उपलब्ध ट्रायम्फ मोटरसाइकलका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स टेस्ट राइड गर्न सक्ने छन् । सो अवसरमा उनीहरुले फ्रि बेभरेज समेत प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न प्रकारका गेम खेल्न पाउनुका साथै इन्फ्लुएन्सरहरुसँग भेटघाट गर्न समेत सकिने छ ।
ब्रिटिश मोटरसाइकल ब्रान्ड ट्रायम्फका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स नेपाली बजारमा उपलब्ध छन् । १२० वर्ष भन्दा लामो इतिहास बोकेको ट्रायम्फ ब्रान्ड वर्ल्ड क्लास इन्जिनियरिङ, आइकनिक डिजाइन र एक्सिलेरेटिङ पर्फमेन्सका लागि परिचित छ ।
प्रिमियम स्टाइलको स्पिड ४०० एजाइल सिटी राइडिङ डेलिभरीका लागि लोकप्रिय छ भने रग्ड क्यापाबिलिटी सहितको स्क्र्याम्बलर ४००एक्स एड्भेन्चर राइडिङका लागि लोकप्रिय मानिन्छ ।
नेपाली बजारमा एकै दिन २०० ट्रायम्फ मोटरसाइकल बिक्री गरेर ट्रायम्फ नेपालले इतिहास कायम समेत गरेको छ ।
काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै...
काठमाडौं – जियोमेट र एटीएस नेपाल तथा नेपाल अटो मेकानिक्स व्यवसायी संघको...
मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...