नागरिकताकै आधारमा ट्रायम्फ बाइक लिन सकिने, २० हजारको हेल्मेट र धेरै सुविधा पाइने

काठमाडौं – नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प आयोजना गर्ने भएको छ । नक्सालस्थित बाइकर्स क्याफेमा मंगलबार देखि प्रारम्भ हुने सो क्याम्प आगामी शनिबार सम्म चल्ने छ ।

सो क्याम्पमा पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग ट्रायम्फ मोटरसाइकल साट्न सकिने छ । सो इभेन्टको अवसरमा नयाँ मोटरसाइकल लिने ग्राहकले २० हजार रुपैयाँ मूल्य पर्ने एरो हेल्मेट प्राप्त गर्नेछन् ।

त्यसैगरी मोटरसाइकल किन्ने ग्राहकले आफ्नो नागरिकताकै भरमा हुलास फिनसर्भमार्फत सहज फाइनान्स सुविधा लिन सक्ने छन् । यसका लागि ग्राहकले शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाए पछि बाँकी रकम किस्ताबन्दीको रुपमा तिर्न सक्ने छन् ।

पुरानो बाइक भएका ग्राहकको पुरानो बाइकमा बेस्ट भ्यालुएसन गरिने कम्पनीको भनाइ छ । क्याम्प अवधिभर ग्राहकले नेपाली बजारमा उपलब्ध ट्रायम्फ मोटरसाइकलका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स टेस्ट राइड गर्न सक्ने छन् । सो अवसरमा उनीहरुले फ्रि बेभरेज समेत प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न प्रकारका गेम खेल्न पाउनुका साथै इन्फ्लुएन्सरहरुसँग भेटघाट गर्न समेत सकिने छ ।

ब्रिटिश मोटरसाइकल ब्रान्ड ट्रायम्फका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स नेपाली बजारमा उपलब्ध छन् । १२० वर्ष भन्दा लामो इतिहास बोकेको ट्रायम्फ ब्रान्ड वर्ल्ड क्लास इन्जिनियरिङ, आइकनिक डिजाइन र एक्सिलेरेटिङ पर्फमेन्सका लागि परिचित छ ।

प्रिमियम स्टाइलको स्पिड ४०० एजाइल सिटी राइडिङ डेलिभरीका लागि लोकप्रिय छ भने रग्ड क्यापाबिलिटी सहितको स्क्र्याम्बलर ४००एक्स एड्भेन्चर राइडिङका लागि लोकप्रिय मानिन्छ ।

नेपाली बजारमा एकै दिन २०० ट्रायम्फ मोटरसाइकल बिक्री गरेर ट्रायम्फ नेपालले इतिहास कायम समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...

ट्रायम्फ नेपालद्वारा बुटवलमा आधिकारिक शोरुमको शुभारम्भ, पहिलो दिनमै १५ मोटरसाइकल डेलिभरी

ट्रायम्फ नेपालद्वारा बुटवलमा आधिकारिक शोरुमको शुभारम्भ, पहिलो दिनमै १५ मोटरसाइकल डेलिभरी

बुटवल – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले बुटवलमा नयाँ शोरुमको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...