ट्रायम्फ ४०० स्पिडको माइलेज केटीएम ३९० ड्यूकको भन्दा धेरै

ट्रायम्फले बजाजसंगको सहकार्यमा उत्पादन गरेको नयाँ मोटरसाइकल ४०० स्पिडको ‘रियल वल्र्ड फ्यूल इकोनोमी टेष्ट’ सम्पन्न भएको छ । अटोकार इन्डियाले भारतमा गरेको सो टेष्टमा ४०० स्पिडले हाईवेमा प्रतिलिटर पेट्रोलको खपतमा ३३.५७ र सीटीमा ३०.६७ किलोमिटर माइलेज दिएको दावी गरिएको छ ।

केटीएम ३९० ड्यूकको प्रतिस्पर्धीका रुपमा लिइँदै आएको सो मोटरसाइकलको माइलेज ड्यूकको तुलनामा केही वढी हो । अटोकोरा इन्डियाले ३९० ड्यूकको टेष्ट गर्दा हाईवेमा ३०.३६ किलोमिटर र सीटीमा २७ किलोमिटर माइलेज दिएको थियो । सो टेष्टमा ४०० स्पिडले दिएको माइलेज कम्पनीले दावी गरेभन्दा केही वढी हो । कम्पनीले यसको माइलेज औषतमा २९ किलोमिटर रहने वताएको थियो ।

मोटरसाइकलमा ३९८ सिसीको लिक्विड कुल्ड टीआर सिरीज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३९.५ एचपी र टर्क ३७.५ एनएम रहेको छ । यसमा टर्क एसिस्ट क्लच सहितको ६ स्पिड गियरवक्स दिइएको छ ।

मोटरसाइकलमा डुअल च्यानल एविएस सहित राइड वाई वायर टेक्नोलोजी, एलसिडी स्क्रिन सहितको ठूलो एनालग इन्स्ट्रयूमेन्ट कन्सोल, ह्यान्डल वार माउन्टेड स्क्रोल वटन र यूएसवी चार्जिङ पाइन्ट लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...

वीरगन्जमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, एक लिटर पेट्रोलमा ९२ किमीसहित पटेल विजयी

वीरगन्जमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, एक लिटर पेट्रोलमा ९२ किमीसहित पटेल विजयी

वीरगन्ज – वीरगन्जको बौहरवा भाटीमा ‘बजाज प्लाटिना माइलेज च्याम्पियन...

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

कुनै समय भारतको नम्बर वान बन्न सफल ओला इलेक्ट्रिकलाई ठुला झट्का लागेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...