टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर
काठमाडौं–टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै...
काठमाडौं–टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
यूटीएसले टोयोटा मोटर एसिया तथा टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम कोषमा योगदान गरेको जनाएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले उक्त योगदान गरिएको हो ।
कम्पनीका अनुसार यस पहलमार्फत नेपाल र नेपाली समुदायलाई आवश्यक परेको समयमा साथ दिने तथा थप सुरक्षित र उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यूटीएसले टोयोटा समूहको तर्फबाट गरिएको यस सहयोगलाई नेपालसँगको सहकार्य र सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...