टोयोटाले इसुजुसँग मिलेर लङ रेन्जको हाइड्रोजन फ्युल सेल बस ल्याउने
टोयोटाले हाइड्रोजनबाट चल्ने आफ्नो लोकप्रिय सोरा फ्युल सेल बसको नयाँ...
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७ युनिट गाडी फिर्ता बोलाउने भएको छ । विभिन्न प्राविधिक समस्या देखिएपछि कम्पनीले इलेक्ट्रिक कारदेखि हाइब्रिड एसयूभीसम्मका चार मोडलमा रिकलब्याक घोषणा गरेको हो ।
चीनको बजार नियामक निकाय स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन (एसएएमआर) ले नोभेम्बर ४ मा सार्वजनिक गरेको विवरणअनुसार टोयोटाका बीजेड३एक्स, बीजेड७, ल्यान्डक्रुजर प्राडो र लेक्सस जीएक्स ५५०एच प्रभावित भएका छन् ।
यस रिकलब्याकमा सबैभन्दा धेरै बीजेड३एक्स इलेक्ट्रिक एसयूभी परेका छन् । अगाडिको सस्पेन्सन स्टेबलाइजर बार जोड्ने नटमा पर्याप्त कसिलोपन नहुँदा गाडी चलाउँदा खुकुलो हुन सक्ने समस्या देखिएको छ । चरम अवस्थामा नट नै निस्कन सक्ने र यसले गाडीको स्थिरतामा असर पार्न सक्ने भन्दै १ लाख १७५ युनिट बीजेड३एक्स फिर्ता बोलाइएको हो । कम्पनीले प्रभावित गाडीमा निःशुल्क नयाँ नट जडान गर्नेछ ।
त्यस्तै, बीजेड७ इलेक्ट्रिक सेडानका २१ हजार ८५ युनिटमा सफ्टवेयरसम्बन्धी समस्या देखिएको छ । तीमध्ये १८ हजार १३० युनिटमा कम गतिमा चलाउँदा कम्फर्ट स्टप फङ्सनले ब्रेकिङ पावर सीमित गर्न सक्ने समस्या छ। यसले ब्रेकिङ दूरी बढाएर दुर्घटनाको जोखिम निम्त्याउन सक्छ ।
बाँकी २ हजार ९५५ युनिटमा फ्रन्ट रिकग्निसन क्यामेराको ओटीए अपडेटसँग सम्बन्धित सफ्टवेयर समस्या देखिएको छ । इन्टिग्रेटेड क्रुज असिस्ट सक्रिय हुँदा स्टेयरिङ ह्विल आफैँ घुम्न सक्ने जोखिम रहेको छ। यी दुवै समस्या कम्पनीले निःशुल्क सफ्टवेयर अपडेटमार्फत समाधान गर्ने जनाएको छ ।
यसैगरी, ल्यान्डक्रुजर प्राडो हाइब्रिडका ४७ हजार ३४७ युनिट र लेक्सस जीएक्स ५५०एच हाइब्रिडका ८ हजार १३० युनिट पनि रिकलब्याकमा परेका छन् ।
यी एसयूभीमा फ्युल पाइपको क्विक कनेक्टरमा रहेको लकिङ क्लिप बाहिरी बलका कारण माथि उठ्न सक्ने समस्या छ । यस्तो अवस्थामा फ्युल पाइप छुट्टिएर इन्धन चुहावट हुन सक्ने जोखिम रहन्छ। कम्पनीले प्रभावित गाडीको जाँच गरी आवश्यकताअनुसार सुरक्षा कभर जडान गर्ने र समस्या देखिएमा नयाँ फ्युल पाइप एसेम्बली निःशुल्क फेर्नेछ ।
टोयोटाको यो रिकलब्याकले चीनमा बिक्री भइरहेका इलेक्ट्रिक तथा हाइब्रिड गाडीमा देखिएका विभिन्न प्राविधिक समस्यालाई उजागर गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...