नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले मन पर्ने टप २० इलेक्ट्रिक कारको सूची सार्वजनिक गरेको छ । यस अनुसार पहिलो नम्बरमा रेनो ५ परेको छ । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा क्रमशः हुन्डाई आयोनिक ५ एन र रोल्स रोयस स्पेक्टर परेका छन् ।
त्यसैगरी चौथो, पाँचौ र छैटौं नम्बरमा क्रमशः पोर्स्चे टेक्यान, टेस्ला मोडल ३ र एमजी४ परेका छन् । यी सबै मध्ये नेपाली बजारमा उपलब्ध ईभी एमजी४ मात्रै हो । अन्य ईभी भने नेपाली बजारमा उपलब्ध छैनन् ।
टप गियरको सो सूचीमा सातौ देखि दशौं सम्म क्रमशः किया ईभी३, भल्वो ईएक्स३०, स्कोडा इलरोक र डासिया स्प्रिङ रहेका छन् ।
युकेबाट प्रकाशित हुने सो अनलाइन म्यागेजिनले यस्ता प्रिमियम ईभीको सूची सार्वजनिक गरेको हो । बाहिरबाट हेर्दा त्यस्तो नदेखिए पनि यसको रेन्ज, चार्जिङ, इक्विपमेन्ट र जिप्पी डाइनामिक्स तथा अन्य केही स्टाइलका कारण यो रोजाइमा परेको टप गियरले बताएको छ ।
नेपालमा उपलब्ध एमजी४ को कम्फर्ट भेरिएन्टमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री र लक्जरी भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ । दुवैमा ९९ किलोवाटको मोटर छ । सिंगल चार्जमा यसले ४३५ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।
हेर्दा निकै नै आकर्षक देखिने एमजी४ ‘युके कार अफ द इयर–२०२३’ बाट सम्मानित ईभी हो भने यसले युरो एनक्यापमा ५ स्टार रेटिङ हात पारेको छ । यो ईभीको प्रमुख विशेषताका रुपमा इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभलाई लिने गरिएको छ । यो फिचर नेपाली बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य ईभीमा पाउन नसकिने कम्पनीको दावी छ ।
यात्रुहरुको सुरक्षाका लागि यसमा रियर आइसोफिक्स, रिभर्स क्यामेरा, फ्रन्ट साइड एयर व्याग, टायर प्रेसर मनिटरिङ सिस्टम र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइको छ । साथै यसमा मोबाइल फोन ब्लुटुथ की, ५ वटा ड्राइभिङ मोड र टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत कम्फर्ट फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा उपलब्ध एमजी४ कम्फर्ट भेरिएन्टको मूल्य ४१ लाख ४९ हजार र डिलक्स भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...