स्काईवेलको फ्ल्यागसिप शोरुम अब पोखरामा
पोखरा – नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी...
मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा प्रोटोन इमास ७ परेको छ । जनवरीमा सो ईभी ४२१ युनिट दर्ता भएको छ ।
त्यसैगरी सबैभन्दा धेरै बिक्री हुने टप १० ईभीमा बीवाईडीका ईभीको बर्चस्व रहेको छ । बीवाईडी सिलायन, बीवाईडी एट्टो ३, बीवाईडी एम६ र बीवाईडी सिल यो सूचीमा सामेल छन् ।
बीएमडब्लु, एक्सपेङ, जिकर, जीडब्लुएम, एमजी लगायतका ब्रान्ड यो सूचीमा सामेल छन् ।
यी मध्ये अधिकांश ब्रान्ड नेपाली बजारमा समेत उपलब्ध छन् । प्रोटोन इमास ७ नेपाली बजारमा भित्रिने तयारीमा छ ।
शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म सो गाडी नेपालमा लन्च गर्ने तयारी गरेको कम्पनी स्रोतको भनाइ छ ।
मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटोनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । करिव एक महिनाकै अवधिमा मलेसियामा सो कार ३ हजार युनिट भन्दा बढी बुकिङ भइसकेको छ । अब नेपाली बजारमा समेत औपचारिक रुपमा प्रवेश गर्ने अन्तिम तयारीमा छ ।

प्रोटोन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् । प्रोटोन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फस्फेट ब्याट्री हो, जसलाई गिली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो ।
त्यसैगरी बीवाईडी हाल नेपाली बजारमा सर्बाधिक चर्चामा रहेको ईभी ब्रान्ड हो । बीवाईडीका एट्टो ३, सिल र डल्फिन लगायतका ईभी नेपाली बजारमा उपलब्ध छन् ।
मलेसिया र नेपालको बजार फरक भए पनि उपभोक्ताको चाहनामा भने केही समानता रहेको देखिएको छ ।
पोखरा – नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी...
राज्यको समेत प्राथमिकतामा परेका कारण इलेक्ट्रिक कार खरिद गर्न ग्राहकलाई...
चीनीयाँ ब्रान्ड सुपरसोको प्रिमियम रेन्जका इलेक्ट्रिक टु ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...