फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...
मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा प्रोटोन इमास ७ परेको छ । जनवरीमा सो ईभी ४२१ युनिट दर्ता भएको छ ।
त्यसैगरी सबैभन्दा धेरै बिक्री हुने टप १० ईभीमा बीवाईडीका ईभीको बर्चस्व रहेको छ । बीवाईडी सिलायन, बीवाईडी एट्टो ३, बीवाईडी एम६ र बीवाईडी सिल यो सूचीमा सामेल छन् ।
बीएमडब्लु, एक्सपेङ, जिकर, जीडब्लुएम, एमजी लगायतका ब्रान्ड यो सूचीमा सामेल छन् ।
यी मध्ये अधिकांश ब्रान्ड नेपाली बजारमा समेत उपलब्ध छन् । प्रोटोन इमास ७ नेपाली बजारमा भित्रिने तयारीमा छ ।
शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म सो गाडी नेपालमा लन्च गर्ने तयारी गरेको कम्पनी स्रोतको भनाइ छ ।
मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटोनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । करिव एक महिनाकै अवधिमा मलेसियामा सो कार ३ हजार युनिट भन्दा बढी बुकिङ भइसकेको छ । अब नेपाली बजारमा समेत औपचारिक रुपमा प्रवेश गर्ने अन्तिम तयारीमा छ ।
प्रोटोन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् । प्रोटोन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फस्फेट ब्याट्री हो, जसलाई गिली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो ।
त्यसैगरी बीवाईडी हाल नेपाली बजारमा सर्बाधिक चर्चामा रहेको ईभी ब्रान्ड हो । बीवाईडीका एट्टो ३, सिल र डल्फिन लगायतका ईभी नेपाली बजारमा उपलब्ध छन् ।
मलेसिया र नेपालको बजार फरक भए पनि उपभोक्ताको चाहनामा भने केही समानता रहेको देखिएको छ ।
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...
काठमाडौं – नेपाली बजारमा भारतको प्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...