७ वर्षमा टाटाले बिक्री गर्यो ४ लाख युनिट टियागो, यस्तो छ नेपाली बजारमा समेत लोकप्रिय यो कार

टाटा मोटर्सले ४ लाख युनिट टियागो कार बिक्री गर्न सफल भएको छ । ७ वर्षअघि अर्थात सन् २०१६ को सुरुवातमा बिक्री शुरु गरेको यो ह्याचव्याक कारले शुरुवातको ४ वर्षे अवधिमै कुल २ लाख युनिट बिक्रीको रेकर्ड कायम गरेको थियो । पछिल्लो ३ वर्षमा अर्को २ लाख युनिट बिक्री गर्दै टियागोले ४ लाख बिक्रीको माइलस्टोन पुरा गरेको हो । भारतीय बजारमा यसको ११ वटा भेरियन्ट बिक्री हुँदै आइरहेको छ ।

नेपाली बजारमा समेत लोकप्रिय मानिएको यो कार सेग्मेन्टमै सुरक्षित मानिन्छ । ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ४ स्टार रेटिङ हात पारेपछि यसको चर्चा ह्वात्तै चुलिएको थियो । यो कारले हालसम्म ३० भन्दा बढी अवार्ड जित्न सफल भैसकेको छ ।

टाटा मोटर्सको नयाँ ब्रान्ड इमेजमा उल्लेख्य योगदान दिन सफल मानिएको टियागोमा कम्पनीले पहिलो पटक इम्प्याक्ट डिजाइन फिलोसफी प्रयोग गरेको थियो । यो कार खरिद गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी ग्राहक ‘फस्र्ट–टाइम–कस्टुमर’ रहेको टाटा मोटर्सले जनाएको छ । साथै ह्याचब्याक सेग्मेन्टमा १९ प्रतिशत हाराहारी मार्केट शेयर होल्ड गरेको दाबी गरिएको छ ।

१.२ लिटर थ्रि सिलिन्डर रिभोर्टन पेट्रोल इन्जिन जडान गरिएको यो कार इन्धन किफयाती विशेषताका कारण समेत लोकप्रिय वनिरहेको छ । यो कारको अधिकतम पावर ८४.४८ विएचपी र टर्क ११३ एनएम रहेको छ । यसमा डुअल एयरव्याग, एबिएस, कर्नर स्ट्याविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक व्रेकफोर्स डिस्ट्रिव्युसन र रिभर्स पार्किङ एसिस्ट लगायत फिचर्स दिइएको छ ।टियागोमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, माउन्टेड कन्ट्रोल सहितको स्टेरिङ ह्विल, एड्जस्टेवल हेडरेष्ट, किलेस इन्ट्रि र कुल्ड ग्लोभवक्स लगायत सुबिधाहरु उपलब्ध रहेको छ ।

नेपाली बजारमा यसको बिएस४ र बिएस६ दुबै भर्सन उपलब्ध रहँदै आएको छ । जसमध्ये बिएस४ को मूल्य २५ लाख र ६ भेरियन्टमा उपलब्ध बिएस६ भर्सनको २८ लाख ४९ हजारदेखी ३८ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा ह्यारियर र सफारीको ‘रेड डार्क’ एडिसन अर्को महिना लन्च हुँदै

टाटा ह्यारियर र सफारीको ‘रेड डार्क’ एडिसन अर्को महिना लन्च हुँदै

टाटा मोटर्सले अर्को महिना ह्यारियर र सफारीको ‘रेड डार्क’ एडिसन लन्च गर्ने...

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...