प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी

सवारी साधन आयातमा लागेको प्रतिबन्ध हटेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ कार भित्रिने क्रमले तीव्रता पाउन थालेको छ । पुस १ गतेबाट प्रतिबन्ध हटेपछि हालसम्म बजारमा ७ वटा नयाँ कार एवं एसयूभी भित्रिएका छन् ।

प्रतिबन्ध हटेपछि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ भेन्यु र ग्रान्ड आई१० नियोस भित्र्याएको छ भने मारुती सुजुकी विक्रेता सीजी मोटोकर्पले ग्रान्ड भिटारा र नयाँ ब्रेजाको बिक्री शुरु गरेको छ । यसैगरी जिप विक्रेता लाइफ अटोमोबाइल्सले मेरिडियन, फोर्ड विक्रेता जिओ अटोमोबाइल्सले नेक्स्ट जेन एभरेष्ट र महिन्द्रा विक्रेता अग्नि इन्कर्पोरेटेडले एक्सयूभी ७०० ल्याएर बिक्री थालेका हुन् ।

यी एसयूभीको मूल्य ४१ लाख देखि २ करोड ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । नयाँ भेन्यूको सवैभन्दा सस्तो ई भेरिएन्ट को मूल्य ४० लाख ९६ हजार निर्धारण हुँर्दा फोर्ड एभरेष्टको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको हो । भेन्यु इन्ट्री लेवल सेग्मेन्ट अन्तर्गतको सव फोर मिटर एसयूभी हो भने फोर्ड एभरेष्ट फुल वडी एसयूभी हो । करोड माथिका थप दुई एसयूभीमा जिप मेरिडियन र महिन्द्रा एक्सयुभी ७०० रहेका छन् ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट
२ करोड ४० लाख रुपैयाँ मूल्य निर्धारण भई बिक्री शुरु भएको नेक्स्ट जेन फोर्ड एभरेष्टलाई कम्पनीले थाइल्यान्डबाट आयात गरी ल्याएको हो । यो एसयूभीमा फोर्डले २.० लिटर क्षमताको वाई टर्बो डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । यसमा १० स्पिड क्षमताको अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । यसको इन्टेरियरमा कोस्ट–टु–कोस्ट इन्स्ट्रयुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित पर्याप्त स्पेस सहितको क्याविन पाउन सकिन्छ । आरामदायी र सुविधाजनक ड्राइभको लागि यसमा वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै फिचर उपलब्ध छ । ७ सिटर यो एसयूभीको दोस्रो र तेस्रो लहरको सिटलाई फ्ल्याट फोल्ड गर्न सकिन्छ ।

एसयूभीमा १२ इन्चको टचस्क्रिन, १२.४ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, ड्राइभर असिस्ट टेक्नोलोजी, एक्टिभ पार्क असिस्ट २.०, स्टप एन्ड गोको साथमा नयाँ क्रुज कन्ट्रोल दिइएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्पले अगाडिको भागलाई निकै बोल्ड देखाएको छ । एभरेष्ट फोर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध रहेको छ । यो एसयूभीलाई ८०० एमएम गहिरो पानीमा समेत सहज तरिकाले चलाउन सकिन्छ ।

जिप मेरिडियन
अमेरिकन एसयूभी जायन्ट जिपले भारतमा निर्माण गरेको मेरिडियन प्रिमियम सेग्मेन्टको एसयूभी हो । एउटा मात्रा भेरिएन्ट लिमिटेड (अप्सनल) मा उपलब्ध यो नयाँ एसयूभीको मूल्य नेपाली बजारमा १ करोड ८० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

जिप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । जसको अधिकतम पावर १७० पीएस र टर्क ३५० एनएम रहेको छ । ९ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको यो एसयूभीमा फोर ह्विल ड्राइभ अप्सन पाउन सकिन्छ ।

यो एसयूभीमा १०.१ इन्चको ठूलोे इन्फोटेनमेन्ट सिस्टमको साथमा १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, ड्युअल प्यानल सनरुफ, वायरलेस चार्जिङ, ३६० डिग्री भ्यु क्यामेरा, इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल लगायतका फिचर दिइएको छ । सेफ्टि फिचर अन्तर्गत यसमा एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल र ६ वटा एयरब्याग लगायत पाउन सकिन्छ ।

महिन्द्रा एक्सयूभी ७००
महिन्द्राको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा महंगो एसयूभी एक्सयूभी ७०० लाई अग्नि ग्रुपले ५ र ७ सिटर अप्सन सहित कुल ६ वटा भेरिएन्टमा नेपाल ल्याएको छ । जसमध्ये एक्स ७एल सेभेन सिटर म्यानुअलको मूल्य १ करोड ५ लाख र एक्स ७एल सेभेन सिटर अटोमेटिक ट्रान्समिसनको १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

एक्सयूभी ७०० मा महिन्द्राले २.० लिटर क्षमताको शक्तिशाली टर्बो पेट्रोल इन्जिन दिएको छ । जसको पावर २०० पीएस र टर्क ३८० एनएम रहेको छ । एक्सयूभी ७०० को सुरुवाती भेरिएन्टमा ७ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर र ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ भने टप स्पेकमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।

कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पिकर, एलईडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्विल र पानारोमिक सनरुफ जस्ता फिचर उपलब्ध गराएको छ । यो एसयूभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ २०२१ फोर्स गोर्खा एसयूभीको लन्चिङ समय सार्वजनिक, अफ रोडर महिन्द्रा थारसँग प्रतिस्पर्धा हुने

नयाँ २०२१ फोर्स गोर्खा एसयूभीको लन्चिङ समय सार्वजनिक, अफ रोडर महिन्द्रा थारसँग प्रतिस्पर्धा हुने

फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक...

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

फोर्स मोटर्सले ल्यायो भरमार उपहारको वर्षा

फोर्स मोटर्सले ल्यायो भरमार उपहारको वर्षा

काठमाडौं – फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...