फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व अटोमोबाइल बजारमा पनि यस्ता धेरै उत्पादन उपलब्ध छन्, जुन चर्चित हुँदै गरेको समयमा उत्पादन बन्द हुने गरेका छन् ।

यी मध्ये बाइक पनि पर्छन् । बजाज, यामाहा र हिरोले पनि यस्ता धेरै बाइकलाई बन्द गरेर फेरि बजारमा ल्याउने तयारी गरेका छन् ।

बजारमा टप ३ बाइक आगामी केही वर्षमा भारतीय बजारमा पुनरागमन गर्ने भएका छन् ।

बजाज एभेन्जर २२० स्ट्रिट
बजाज अटोले हाल एभेन्जर २२० क्रुज बाइक बिक्री गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले एभेन्जर २२० स्ट्रिटलाई पुनः लन्च गर्ने योजना बनाएको छ । यसमा एउटै एयर÷आयल कुल्ड, २२० सीसी, सिंगल सिलिन्डर इन्जिन हुनेछ । सो इन्जिनले १९ बीएचपी पावर र १७.५५ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सस्पेन्सनका लागि बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन शार्क एब्जर्बर पाइन्छ । बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम हुने सम्भावना छ ।

यामाहा आर३
रिपोर्टका अनुसार यामाहाले सन् २०२३ मा भारतीय बजारमा प्रिमियम बाइक आर३ फुल्ली फेयर बाइक पुनः लन्च गर्ने सम्भावना छ । यसमा लिक्विड–कुल्ड, ३२१ सीसी, प्यारालल–ट्विन इन्जिन छ । यो इन्जिनले ४२ बीएचपीको पावर र २९.५ एनएमको टर्क जेनेरेट गर्छ ।

डायमण्ड फ्रेम च्यासिसमा आधारित बाइकले ३७ एमएम युएसडी फ्रन्ट फोर्क र रियरमा प्रिलोड–समायोज्य मोनोसक समावेश हुनेछ । यो स्लिपर क्लच र ड्युअल च्यानल एबीएसको साथ उपलब्ध हुनेछ ।

हिरो करिज्मा
हिरो मोटोकर्पले हाल एक्सपल्स ४०० र नयाँ करिज्माको परीक्षण गरिरहेको छ । नेक्स्ट–जेनरेशन हिरो करिज्मा फुल्ली–फेयर्ड बाइक हुनेछ । फुल्ली–फेयर्ड बाइकमा सानो विन्डस्क्रिन हुनेछ र पछाडि स्प्लिट सीटको साथमा पातला सेक्शन र हिट शिल्ड हुनेछ ।

बाइकमा ड्युुअल च्यानल एबीएसको साथमा डिस्क ब्रेक हुनेछ । हिरो मोटोकर्पले करिज्मा एक्सएमआर नेमप्लेटका लागि ट्रेडमार्क दर्ता गरेको छ । यसमा नयाँ २१० सीसी, लिक्विड–कुल्ड इन्जिन हुने अनुमान गरिएको छ । यो ६ स्पिड गियरबक्ससँग जोडिनेछ ।

सम्बन्धित समाचारहरू

हिरोले बनायो विश्वकै ठूलो मोटरसाइकल लोगो, बन्यो वर्ल्ड रेकर्ड

हिरोले बनायो विश्वकै ठूलो मोटरसाइकल लोगो, बन्यो वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो मोटरसाइकल लोगो बनाएर गिनिज वर्ल्ड...

वीरगन्जमा हिरो मोटरसाइकल र स्कुटर : मोडल, माइलेज र पिकअपमा ध्यान

वीरगन्जमा हिरो मोटरसाइकल र स्कुटर : मोडल, माइलेज र पिकअपमा ध्यान

वीरगन्ज – वीरगन्जको त्रिमुर्तीचोकमा हिरो मोटोकर्पको डिलरको रुपमा एनजीएम...

‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...