यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । पेट्रोलको बढ्दो मूल्य र वातावरणीय चेतनाका कारण मानिसहरु इलेक्ट्रिक सवारी साधनतर्फ आकर्षित हुन थालेका हुन् । विशेषगरी युवा र कामदारले ओलाको स्टाइलिश र उन्नत प्रविधियुक्त स्कुटर मन पराइरहेका छन् ।

ओला इलेक्ट्रिकको ब्याट्री लाइफ, उन्नत प्रविधि जस्तै डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी र शक्तिशाली ब्याट्री प्रदर्शनले यसलाई अन्य दुई पाङ्ग्रे सवारी साधन भन्दा फरक बनाएको छ।

ओला इलेक्ट्रिकको फिचर र आकर्षक मूल्यका कारण ओला इलेक्ट्रिक स्कुटर पहिलो रोजाइ बन्दै गएको हो। कम्पनीले एस१एक्स, एस१ एयर र एस१ प्रो जस्ता तीन प्रमुख मोडेल बजारमा ल्याएको छ । यसमा उन्नत ब्याट्री प्रविधि, लामो दूरी र स्मार्ट कनेक्टिभिटी फिचर समावेश छ ।

ओला एस१ प्रो मोडेलले १८१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ, जबकि एस१एक्स मोडेलले ९५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसबाहेक यी स्कुटरमा डिजिटल टचस्क्रिन, भ्वाइस कन्ट्रोल र जीपीएस नेभिगेसन जस्ता फिचर समेत पाउन सकिन्छ ।

सिजी मोटर्सले सन् २०२२ मा आयोजना भएको ईभी अटो एक्स्पोमा पहिलो पटक ओलाका स्कुटर प्रदर्शनी गरेको थियो । तर, पछि कम्पनीले यी उत्पादन बिक्रीको लागि भने ल्याएन । ओला नेपाल ल्याउन अहिले पनि धेरै अटोमोबाइल व्यवसायी लागिपरेका छन् । यद्यपी, यसको नेपाल यात्रा भने टुंगो लाग्न सकिरहेको छैन ।

सम्बन्धित समाचारहरू

८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः, थप १०० स्थानमा चाँडै संचालन हुने

८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः, थप १०० स्थानमा चाँडै संचालन हुने

काठमाडौं – दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले...

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...