यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । पेट्रोलको बढ्दो मूल्य र वातावरणीय चेतनाका कारण मानिसहरु इलेक्ट्रिक सवारी साधनतर्फ आकर्षित हुन थालेका हुन् । विशेषगरी युवा र कामदारले ओलाको स्टाइलिश र उन्नत प्रविधियुक्त स्कुटर मन पराइरहेका छन् ।

ओला इलेक्ट्रिकको ब्याट्री लाइफ, उन्नत प्रविधि जस्तै डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी र शक्तिशाली ब्याट्री प्रदर्शनले यसलाई अन्य दुई पाङ्ग्रे सवारी साधन भन्दा फरक बनाएको छ।

ओला इलेक्ट्रिकको फिचर र आकर्षक मूल्यका कारण ओला इलेक्ट्रिक स्कुटर पहिलो रोजाइ बन्दै गएको हो। कम्पनीले एस१एक्स, एस१ एयर र एस१ प्रो जस्ता तीन प्रमुख मोडेल बजारमा ल्याएको छ । यसमा उन्नत ब्याट्री प्रविधि, लामो दूरी र स्मार्ट कनेक्टिभिटी फिचर समावेश छ ।

ओला एस१ प्रो मोडेलले १८१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ, जबकि एस१एक्स मोडेलले ९५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसबाहेक यी स्कुटरमा डिजिटल टचस्क्रिन, भ्वाइस कन्ट्रोल र जीपीएस नेभिगेसन जस्ता फिचर समेत पाउन सकिन्छ ।

सिजी मोटर्सले सन् २०२२ मा आयोजना भएको ईभी अटो एक्स्पोमा पहिलो पटक ओलाका स्कुटर प्रदर्शनी गरेको थियो । तर, पछि कम्पनीले यी उत्पादन बिक्रीको लागि भने ल्याएन । ओला नेपाल ल्याउन अहिले पनि धेरै अटोमोबाइल व्यवसायी लागिपरेका छन् । यद्यपी, यसको नेपाल यात्रा भने टुंगो लाग्न सकिरहेको छैन ।

सम्बन्धित समाचारहरू

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ...

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...