यस्तो छ ओलाले ल्याउन लागेको नयाँ मोटरसाइकल, २ सेकेन्डमै १०० किमी प्रतिघण्टा गुड्ने

अटोमोबाइल उद्योगमा यस्तो विद्युतीय मोटरसाइकल आउँदैछ जसले गति, सुरक्षा, आराम र बुद्धिमत्ताको नयाँ स्तर देखाउनेछ। सो नयाँ मोडलको नाम ओला डायमन्ड हेड हो, जसलाई कम्पनीले २०२७ मा लन्च गर्ने तयारी गरेको छ। यसको अनुमानित मूल्य ५ लाख भारुसम्म हुने बताइएको छ।

कम्पनीका अनुसार ओला डायमन्ड हेड केवल दुई सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्षम हुनेछ। यसमा एक्टिभ एयरोडायनेमिक्स प्रविधि प्रयोग गरिनेछ, जसले हावाको प्रवाह नियन्त्रण गरी गति र स्थिरता दुवै बढाउनेछ। बाइक हल्का तर बलियो ‘एयरो लाइट’ सामग्रीबाट बनेको हुनेछ । यसमा हब सेन्टर स्टेयरिङ हुनेछ, जसले बाइकलाई सटिक कन्ट्रोल दिन सक्षम हुनेछ ।

सुरक्षाको लागि यसमा रियल टाइम अलर्ट र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुनेछ। आपतकालीन अवस्थामा अटोमेटिक ब्रेकिङ सिस्टम सक्रिय हुनेछ भने, ट्राफिकअनुसार गति मिलाउन अनुकूलित क्रुज कन्ट्रोल हुनेछ ।

लामो दुरीको लागि यसमा एक्टिभ एर्गोनोमिक्स सुविधा पनि हुनेछ, जसले चालकको स्थितिअनुसार स्वतः समायोजन गर्नेछ। सडकको अवस्था अनुसार परिवर्तन हुने अनुकूलित सस्पेन्सन, स्वास्थ्य र सवारी डेटा अनुगमन गर्ने स्मार्ट वियरेबल्स उपकरण र अत्यन्त छिटो चार्ज हुने ब्याट्री जस्ता सुविधा पनि हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...