मूल्य, पावर र फिचर्स अनुसार २५० सीसीमा बढ्दो प्रतिस्पर्धा : डेली कम्युट देखि टुरिङ सम्म
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
पल्सर सिरिजमा बजाजले हालसालै नयाँ मोडलको मोटरसाइकल लन्च गरेको छ । नयाँ प्लेटफर्मममा यसअघि एन१६०, एन २५० र एफ २५० लाई लन्च गरेको यो व्रान्डले केही दिन पहिलेमात्र पी१५० लाई बजारमा उतारेको हो । यो नयाँ मोडलको सिंगल डिस्क भेरियन्टलाई १ लाख १७ हजार र डवल डिस्कको मूल्य १ लाख २० हजार भारु तोकिएको छ ।
यो नयाँ मोडलमा बजाजले एन १६० को डिजाइन ल्यांग्वेज प्रयोग गरेको छ । ट्नि डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्पले यसको फ्रन्ट फेसियालाई सार्प र आकर्षक देखाएको छ । यसका ६ स्पोक अलोई ह्विल दिइएको छ । यो नयाँ वाइक ५ वटा कलर अप्सनमा उपलब्ध छ ।
यसमा दिइएको १४९.६८ सिसीको सिंगल सिलिन्डर, एयर कुल्ड र फ्युल इन्जेक्सन इन्जिनले १४.३ विएचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पिड म्यानुअल गियर वक्स जडान गरिएको छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम र ह्विलवेश १३५२ एमएम रहेको छ ।
यो वाइकको अगाडी ३१ एमएमको टेलिस्कोपिक र पछाडी मनोसक सस्पेनस जडान गरिएको छ । अगाडी डिस्क र पछाडी डिस्क तथा ड्रम व्रेकको अप्सन दिइएको पी१५० मा सिंगल च्यान एबिएस समेत उपलब्ध छ । यूएसवी चार्जिङ पोर्ट र एलइडी लाइटिङ सिस्टम उपलब्ध यो वाइकमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।
बजाजका अधिकांश मोडल नेपालमै एसेम्वल हुँदै आइरहका कारण निकट भविष्यमै यो नयाँ मोटरसाइकल समेत स्वदेशमै एसेम्वल हुनसक्ने अनुमान लगाइएको छ । यो नयाँ मोडलले बजारमा टिभिएस अपाचे आरटिआर १६० र यामाहा एफजेड–एस लगायत मोडलसंग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
काठमाडौं – नेपाली बजारमा सर्बाधिक लोकप्रिय मध्ये एक बाइक बजाज पल्सर २२०एफ...
बजाज अटोले १२५ सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...