यी हुन कार किन्दा अनिवार्य जस्तै बनेका आधुनिक फिचर

अटोमोबाइल बजार तीव्र गतिमा परिवर्तन हुँदै गएको छ। विभिन्न सेगमेन्टमा उपलब्ध कारहरू अब केवल इन्जिन र माइलेजमा सीमित छैन, बरु अत्याधुनिक प्रविधि र सुविधाका आधारमा पनि प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो समय कार खरिदकर्ताहरूको प्राथमिकता अझ स्पष्ट बन्दै गएको छ, जहाँ सेफ्टी, आराम र प्रविधिको संयोजनलाई अत्यन्तै महत्त्व दिन थालिएको छ।

नयाँ पुस्ताका कारहरूमा ठूलो र एड्भान्स इन्फोटेनमेन्ट सिस्टम अब सामान्य जस्तै हुन थालेको छ । कार कम्पनीले आफ्ना कारमा ठूला टचस्क्रिनसहित ड्युअल वा ट्रिपल स्क्रिन सेटअपसमेत उपलब्ध गराउन थालेका छन्। यस्तो सिस्टमले ड्राइभिङसम्बन्धी जानकारीलाई स्पष्ट बनाउनुका साथै यात्रुहरूलाई आफ्नो मनपर्ने भिडियो, म्युजिक वा अन्य मनोरञ्जन सामग्री हेर्न र सुन्न अनुमति दिन्छ।

सुरक्षाका दृष्टिले लेभल–२ एडास सुविधा सन् २०२६ सम्ममा धेरै कार खरिदकर्ताहरूका लागि आवश्यक जस्तै मानिन थालेको छ। एडास अन्तर्गत लेन असिस्ट, स्पिड असिस्ट, अटोमेटिक ब्रेकिङजस्ता विभिन्न सिस्टम समावेश हुन्छ । पहिले लेभल–१ एडास मात्र सीमित मोडलमा देखिन्थ्यो, तर अब धेरै कारहरूमा लेभल–२ एडास उपलब्ध हुन थालेको छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल आधुनिक कारहरूको महत्त्वपूर्ण विशेषता बनेको छ। सो सुविधाले बाहिरी मौसम जस्तोसुकै भए पनि कारको क्याबिनभित्र स्थिर र अनुकूल तापक्रम कायम राख्न मद्दत गर्छ। पङ्खाको गति र चिसोपन आफैं समायोजन हुने भएकाले चालक र यात्रुहरूले बारम्बार सेटिङ परिवर्तन गर्नुपर्दैन ।

गर्मी मौसममा थप आरामका लागि भेन्टिलेटेड सिटको महत्त्व पनि बढ्दै गएको छ। अगाडिको एसीले क्याबिन चिसो बनाए पनि सिटमा बसेपछि शरीरमा तातोपन महसुस हुन सक्छ। यस्तो अवस्थामा सिटभित्रै जडान गरिएका साना प्वालमार्फत हावा बाहिर निस्कने भेन्टिलेटेड सिटले ठूलो राहत दिन्छ।

ड्राइभिङको क्रममा ध्यान नबिग्रियोस् भन्नका लागि हेड अप डिस्प्ले जस्तो प्रविधि पनि कार खरिदकर्ताहरूको रोजाइमा पर्न थालेको छ। यस सिस्टममार्फत गति, नेभिगेसन र अन्य महत्त्वपूर्ण जानकारी चालकको अगाडि रहेको पारदर्शी स्क्रिनमा देखाइन्छ।

सम्बन्धित समाचारहरू

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस

मजदुरसँग सहमतिपछि गुड्न थाले साझाका बस

मजदुरहरूसँग सहमति भएपछि बिहानदेखि बन्द भएको साझा यातायात सञ्चालनमा आएको छ...

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

कार्बन फाइबरमा युरोपेली प्रतिबन्धको तयारी, अटो उद्योगमा ठूलो असर

युरोपेली संघले स्क्र्याप गरिएका सवारीसाधनको लागि नयाँ नियम मस्यौदा गरेको...

इजरायल–ईरान तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारीको चर्चा

इजरायल–ईरान तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारीको चर्चा

ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...