जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् । पटनाबाट ४ दिन र वीरगन्जबाट २ दिन लगाएर काठमाडौं आएको सम्झिदा उनी अहिले पनि भावुक हुन्छन् । उनी हुन् प्रितम सिंह । खासमा पाइलट कोर्स पुरा गरेका प्रितम सिंहको भाग्यमा भने ट्रक व्यवसायी बन्ने लेखिएको रहेछ । यति मात्र होइन, जन्मभूमि छोडेर नेपाललाई कर्मभूमि बनाउने पनि उनको भाग्यमा लेखिएको थियो । यसैले त उनी नेपालमै आफ्नो व्यावसायिक कार्यको साथै समाजसेवामा पनि रमाए । ८७ वर्षिय प्रितम सिंह अझै पनि सामाजिक कार्यमा समेत संलग्न छन् ।
प्रितम सिंहले काठमाडौं उपत्यकामा पहिलो पटक टाटाका तीनवटा ट्रक भित्र्याएका थिए । उनी पनि ट्रक चलाउछन् । यद्यपि लामो दुरीको बाटोमा ट्रक चलाउने ड्राइभर भने तीन वटा ट्रकका लागि तीन जना छुट्टाछुट्टै थिए । तीन जना ड्राइभरहरु प्रितम सिंह, इशर सिंह र आशा सिंह थिए । एक जना ड्राइभर र उनको नाम एउटै अर्थात प्रितम सिंह थियो ।
उनका बुवा सरदार काहान सिंह पनि भारतको जम्मु कश्मीरमा पहिलो गाडी चलाउनेमा पर्छन् । उनको बुवाको जम्मु कश्मीरमा एउटा ठूलै ट्रान्सपोर्ट कम्पनी थियो । त्यसैकारण उनले काठमाडौंमा पहिलो पटक टाटाको तीनवटा ठूला ट्रक भित्र्याएका थिए ।
प्रितम सिंहको कथा उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।
पाइलट कोर्सको अध्ययन
म जम्मु कश्मीरको श्रीनगरमा जन्मिएको हुँ । मैले १२ कक्षा सम्म जम्मुमै पढे भने दिल्ली र लखनउबाट पाइलट कोर्स पुरा गरेका थिए । मैले सन् १९५३ मा पाइलट तालिम पुरा गरेको थिए । मसँग ए लेवलको लाइसेन्स छ । पाइलट कोर्स पुरा गरे पश्चात मैले लखनउ देखि दिल्ली, कानपुर आदि स्थानमा ६० घण्टा सम्म प्लेन समेत चलाएको थिए । आमाले पहिले देखि नै पाइलट बन्न चाहेको रुचाउनु भएको थिएन । पछि अध्ययन पुरा गरेर घरमा गए पछि पनि आमाले प्लेन नचलाउन अनुरोध गर्नुभयो । मैले आमाको भनाइ मानेर सो पेशा नै छोडे ।
काठमाडौं आउने योजना र आगमन
एक दिन साथीको बहिनीको विवाहमा भारतको तुलसीपुर पुग्यौ । साथीको बुवाले ट्रकमा ‘बनकस’ घास ओसार्ने काम गर्नुहुन्थ्यो । उहाँले ‘तपाईको बुवाको ट्रान्सपोर्ट कम्पनी छ । काठमाडौंमा ट्रक पु¥याएर सामान ओसार्दा निकै नै फाइदा हुन्छ ।’ भन्नु भयो । हामी त्यतिबेलै काठमाडौं हेर्न आउने निर्णय ग¥यौ । म र मेरो एक जना साथी काठमाडौंका लागि हिड्यौ । त्यतिबेला यहाँ निकै नै कठिनताका साथ आयौ । सुगौलीबाट दुई तीन वटा ट्रेन बदलेर रक्सौल आयौ । रक्सौलबाट अमलेखगन्ज सम्म पनि त्यतिबेला सानो रेल चल्थ्यो । त्यतिबेला सिमरा देखि यता पुरै जंगल थियो । अमलेखगन्ज देखि जीएमसी ट्रकमा चढेर दुई तीन दिन लगाएर आयौ । बाटो सम्झिदा पनि अत्यास लाग्दो थियो । काठमाडौं सुन्दर तर अर्कै संसार जस्तो लाग्यो । हामी काठमाडौं हेरेर अर्को दिन भने प्लेनबाट पटना हुँदै फर्कियौ ।
दोस्रो पटक काठमाडौं
करिव १०, १५ दिन पश्चात नै पिताजी, म र अर्को एक जना फेरि काठमाडौं आयौ । त्यो बेला जम्मु कश्मीरबाट लखनउ, पटना, मुजफ्फरपुर हुँदै वीरगन्ज आयौ । अनि काठमाडौं आयौ । काठमाडौंको न्युरोडमा घुम्दै थियौ । एउटा सानो गाडी सरदारजीले चलाइरहेको देख्यौ । हामीलाई अचम्म लाग्यो । कहाँबाट आएका होलान् भनेर । हामीले गाडी रोक्यौ । उनी त मसँगै पाइलट तालिम गरेको साथी पो रहेछन् । हामी दुवैले एक अर्कालाई ‘तिमी यहाँ के गर्छौ ?’ भनी सोध्यौ । उनी त त्यतिबेलाका राजा महेन्द्रका पाइलट रहेछन् । उनको नाम त्रिलोचन सिंह दुल्लत हो । राजाका अर्का पाइलट ‘रन्धावा’ पनि सरदार नै रहेछन् भन्ने थाहा पायौ । ती साथी पाइलटले नै हामीलाई राजासँग पनि भेट गराइदिए । हाम्रो योजनाको वारेमा सबै जानकारी पाए पश्चात राजाबाट पनि हाम्रो योजना अनुसार कार्य गर्नका लागि स्वीकृति प्रदान भयो र आवश्यक सहयोग गर्न निर्देशन जारी भयो । त्यसपछि करिव तीन दिनको बसाई पश्चात हामी फर्कियौ ।
ट्रकका साथ तेस्रो पटक काठमाडौं
करिव एक महिना पछि हामी ट्रक लिएर काठमाडौं हिड्यौ । ट्रक चलाउनका लागि ३ जना ड्राइभर, तीन जना खलासी, एक जना म्यानेजर र अन्य केही साथी समेत ‘हामी पनि काठमाडौं हेर्न जान्छौ ।’ भनेर आएका थिए । यसरी हामी करिव १०, १२ जना आएका थियौ । ट्रकमा सामान केही थिएन । तीन जना ड्राइभरहरु प्रितम सिंह, इशर सिंह र आशा सिंह थिए । एक जना ड्राइभरको नाम पनि मेरै जस्तो प्रितम सिंह थियो । तीन खलासी मध्ये एक जनाको नाम शेर सिंह थियो । अन्यको याद भएन ।
पटनामा नदी पार गर्नका लागि पुल नै थिएन । स्टिमर चल्थ्यो । त्यही पनि पालो कुर्नु पथ्र्यो । हाम्रो पालो २० दिन पछि बल्ल आउने भनियो । हाम्रो ट्रक फेरि फुल बडी ट्रक भएकाले तार्नका लागि माथिल्लो भाग काट्नु पर्छ भनियो । फेरि २० दिन सम्म के गर्ने भन्ने पनि भयो । त्यही बीचमा हावाबाट चल्ने ठूला बोट पनि देखियो । हामीलाई एक आइडिया आयो । दुई बोटलाई मिलाएर त्यसैमा ट्रक पठाउन सकियो भने कति सहज हुन्थ्यो । हामीले यो कुरा उनीहरुसँग राख्यौ । बोटवालाले तपाईकै रिस्कमा गर्नु हुन्छ भने ठिक छ भने । हामीले दुई गाडीलाई बाँधेर कठिनताका साथ त्यसलाई तार्ने काम सम्पन्न ग-यौ ।
हामी कठिनताका साथ मुजफ्फरपुर पुग्यौ । मुजफ्फरपुर देखि रक्सौल सम्म कतिपय स्थानमा रेलको लिकबाटै ट्रक चलायौ । रेल नआउने समय पत्ता लगाएर हामीले निकै नै रिस्की कार्य गरेका थियौ । जेल जान पनि सक्थ्यौ । त्यही पनि त्यो युवा उमेरमा हामीमा हिम्मत आएको थियौ । रक्सौल पछि वीरगन्ज आउदा त्यो समयमा पनि प्रत्येक गाडीको चार हजार रुपैयाँको दरले भन्सार तिरेका थियौ ।
वीरगन्जबाट सिमरा सम्म राम्रै सडक थियो । त्यसपछि भने अप्ठ्यारो थियो । यसले गर्दा अमलेखगन्ज पुग्नै दुई दिन लाग्यो । बयलगाडीले पछ्याएको सडक हेर्दै कहिले यता, कहिले उताको सडक जान्थ्यौ । अमलेखगन्जमा हाम्रो आरसी शर्मासँग परिचय भयो । काठमाडौंमा आवतजावत गरिरहने उनले हामीलाई बाटोमा धेरै सहयोग गरे । निकै पढलेख गरेका लाग्ने उनको धेरै स्थानमा पहिचान थियो । उनले पछि काठमाडौंमा पनि हामीलाई निकै नै सहयोग गरे ।
त्यो समयमा वीरगन्जबाट काठमाडौं सम्म पुराना जीएमसी गाडीहरु चलेको देखिन्थ्यो । बाटो नै सानो भएकाले जिप मात्र चल्ने खालको थियो । एक ठाउँमा त गाडी नै नछिर्ने भए पछि टायरको रिमलाई काटेर समेत टनेलबाट छिर्ने बनाइएको थियो ।
काठमाडौंमा भेटघाट
काठमाडौं आए पछि मन्त्रीजीलाई भेटौ भनेर कसैले भन्यो । मन्त्रीजीलाई भेट्नका लागि सिंहदरबार जानुपथ्र्यो । त्यतिबेला एक जना राणा मन्त्री थिए । उनले गाडी हरौ भने । गाडी देख्ना साथ उनले भने, ‘कस्तो राम्रो बस ल्याएको ?’ उनलाई त्यो ट्रक हो भन्ने नै थाहा थिएन । पहिलो पटक देख्दा यसरी झुक्किनु स्वाभाविक पनि थियो । अगाडि ड्राइभर सिट पछि पनि राम्रा सिट थिए । अनि उनले ‘अब मैले के सहयोग गर्नुृपर्छ ?’ भने । मैले लाइसेन्स र अन्य कानुनी प्रक्रियाका लागि प्रहरीलाई भनिदिनु प¥यो भने । उनले प्रहरीलाई खबर गरे । अनि सबै काम सहज भयो ।
प्रहरीले मलाई लाइसेन्स उपलब्ध गराए । मेरो लाइसेन्स नम्बर ५२०० थियो । त्यतिबेला यातायात कार्यालयको व्यवस्था थिएन । सबै कार्य प्रहरीले गथ्र्यो । काठमाडौंमा आए पछि हामीले ट्रकको दर्ता पनि ग¥यौ । तीन ट्रकको दर्ता नम्बर बा.अ. २३८, २३९ र २४० थियो ।
सहज दैनिकी
हामीले त्यो जमानामा न्युरोडमा प्रतिमहिना ५ रुपैयाँ भाडा तिर्ने गरी कोठा लियौ । सरकारी र अन्य निकायका लागि ढुवानी कार्य गर्न थाल्यौ ।
पहिलो पटक दुई टन नुन हामीले अमलेखगन्जबाट ल्यायौ । बाइरोडको बाटोबाट सामान ओसार्ने काम हुन्थ्यो । दुई तीन दिन लाग्थ्यो । बाइरोडको मोड निकै नै कम थियो । यसले गर्दा अप्ठ्यारो हुन्थ्यो । पछि भने ड्राइभरहरु पनि सहज बन्दै गए ।
नेपालमा बस्न थालेको करिव दुई वर्ष सम्म लाइसेन्स दिने र गाडीको रिन्यु गर्ने सबै काम मैले नै गरेको थिए । सरकारले यसका लागि मलाई नै जिम्मेवारी दिएको थियो । पछि एक दिन प्रहरी आएर हामीलाई नै काम गर्न दिनुस् भने । अनि बल्ल प्रहरीबाट यो कार्यको सुरुवात भएको थियो ।
अनिकालमा सहयोग
त्यही समयमा काठमाडौंमा अनिकाल प¥यो । १० हजार टन अन्न भारतीय सरकारले नेपाल सरकारलाई सहयोग गरेको थियो । यसका लागि हामीलाई ढुवानी गर्न भनियो । तर त्यसका लागि धेरै गाडी चाहिने भएकाले सहज थिएन । हामीले आर्मीको गाडीले गर्न सक्छ भन्ने कुरा प्रस्ताव ग¥यौ । तर आर्मीसँग धेरै जनशक्ति चाहिने भएकाले खर्च पनि धेरै हुने भयो । त्यसका लागि भारतबाटै करिव २ सय गाडी ल्याउने स्वीकृति आवश्यक हुने मैले बताए । सरकारबाट सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयो । ती गाडीको नम्बर पनि ५०१, ५०२ आदि गरेर क्रमशः राख्ने र बाटोमा कुनै अवरोध नगर्ने व्यवस्था भयो । यो अवस्थामा मैले कुनै अवरोध विना करिव १५, २० दिनमा सबै गाडी अन्न सहित नेपालमा ल्याइपु¥याए ।
हालको दैनिकी
प्रितम सिंह अहिले करिव ८७ वर्ष पुगे । करिव ४५ वर्ष पहिले मोडर्न इन्डियन स्कुल स्थापना हुँदाका तीन जना संस्थापक मध्ये उनी पनि एक हुन् । हाल उनका करिव ४० बस स्कुलमा संचालित छन् । नातीले अहिले ट्यांकर व्यवसाय गरिरहेका छन् । १९६८ मा उनले विवाह गरेका थिए । उनको तीन छोरी छन् भने छोरा तर्फका दुई नाती छन् ।
हाल उनले नेपालका विभिन्न स्थानमा भएका गुरुद्वाराको सञ्चालनका लागि आवश्यक सहयोग गर्छन् । उनी करिव एक डेढ घण्टा लतिलपुरको कुपण्डोलस्थित गुरुद्वारामा र दुई तीन घण्टा स्कुलमा विताउछन् । यो बाहेक अन्य सामान्य भेटघाट र अन्य कार्यक्रम भइरहन्छ ।
(एकराज सुवेदीसँगको कुराकानीमा आधारित यो फिचर नेपाल अटो मेकानिक्स व्यवसायी संघद्वारा २८औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित स्मारिकामा समेत समावेश छ ।)
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
बुटवल पश्चिम नेपालकै आर्थिक व्यापारिक केन्द्र हो । हरेक सम्भावना बोकेको...
बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...