अटो इलेक्ट्रिसियनहरुका लागि तालिम सम्पन्न, नयाँ प्रविधि वारे जानकारी प्रदान

काठमाडौं – नेपाली बजारमा विभिन्न प्रकारका अटो इलेक्ट्रिक सम्बद्ध सामग्री उपलब्ध गराउदै आएको कम्पनी बोसले अटो इलेक्ट्रिसियनहरुका लागि एक दिने तालिम ‘स्किल अपग्रेडसन मिट’ आयोजना गरेको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघको समन्वय र बोसको नेपालका लागि आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलको आयोजनामा भएको सो तालिममा २५ अटो मेकानिक्सहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोसको नेपालका लागि कन्ट्री म्यानेजर रितुन्च गुप्ताले सहभागीहरुलाई कम्पनीका उत्पादन र हाल उपलब्ध विभिन्न प्रविधिका वारेमा जानकारी प्रदान गरे । सो अवसरमा उनले हाल बजारमा उपलब्ध बीएस६ प्रविधिका सवारी साधन र तिनमा प्रयोग हुने विभिन्न नयाँ प्रविधि तथा तिनको प्रयोगका वारेमा जानकारी प्रदान गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले समय क्रमसँगै अटो मेकानिक्सहरुले समेत नयाँ प्रविधिको जानकारी राख्नु पर्ने आवश्यकता भएको र यसका लागि सो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र कुमार मिश्रले सवारी साधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउनुका साथै यसको प्रयोगको वारेमा समेत सबैलाई जानकारी प्रदान गर्नु आवश्यक भएको र यसबाट सबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अटो मेकानिक्सहरुका लागि पहिलो पटक यस प्रकारको तालिम आयोजना गरिएको हो । सवारी साधनका लागि आवश्यक स्टार्टर, अल्टरनेटर, सेन्सर आदि बोसले नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । सत्यदीप इन्टरनेसनलले बोसको आधिकारिक बिक्रेताको रुपमा कार्य गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

कार रेडिएटर फ्लसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ?

कार रेडिएटर फ्लसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ?

कार रेडिएटर फ्लस कारको रेडिएटर सफा गर्न प्रयोग गरिने रसायनको मिश्रण हो ।...

दुर्घटना बीमा अब एक महिना अवधिको पनि गर्न सकिने

दुर्घटना बीमा अब एक महिना अवधिको पनि गर्न सकिने

बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले...

होसियार, जाम हुन सक्छ एयर फिल्टर : के गर्ने ?

होसियार, जाम हुन सक्छ एयर फिल्टर : के गर्ने ?

एयर फिल्टर कुनै पनि सवारी साधनका लागि धेरै महत्वपूर्ण हुन्छ । एयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...