गाडीको आरपीएम के हो ? ९० प्रतिशत चालकले नबुझेको महत्वपूर्ण प्राविधिक जानकारी

सवारी साधन सम्बन्धी धेरै प्राविधिक शब्दहरू दैनिक प्रयोगमा आए पनि धेरै चालकहरूलाई तिनको सही अर्थ थाहा नहुने तथ्य विभिन्न अध्ययनले देखाएको छ । तीमध्ये सबैभन्दा धेरै प्रयोग हुने तर कम बुझिने शब्द आरपीएम हो । कार चलाउने अधिकांश मानिसलाई यसको वास्तविक अर्थ तथा कामबारे सही जानकारी नहुन सक्छ ।

कारका ड्यासबोर्डको स्पिडोमिटरको छेउमा देखिने अर्को मिटरलाई ट्याकोमिटर भनिन्छ, जसमा  एक्स१००० आरपीएम वा आरपीएम लेखिएको हुन्छ । यही मिटरमा देखिने अंक नै आरपीएम हो, यसको पूरा रूप रिभोलुसन पर मिनेट हो । यसले इन्जिनले एक मिनेटमा कति पटक घुम्छ भन्ने कुरा सूचित गर्छ । कारको इन्जिन क्र्याङ्कशाफ्ट पिस्टनको गतिका कारण घुम्ने गर्छ र यही क्र्याङ्कशाफ्टले पाङ्ग्रालाई पावर दिन्छ । त्यसैले आरपीएम इन्जिन कति छिटो काम गरिरहेको छ भन्ने अत्यन्तै महत्वपूर्ण संकेत मानिन्छ ।

ट्याकोमिटरको सुई २ मा छ भने, यसको इन्जिन २००० आरपीएममा चलिरहेको छ अर्थात् क्र्याङ्कशाफ्ट एक मिनेटमा २००० पटक घुमिरहेको छ भन्ने बुझ्नुपर्छ । कारको गतिसँगै आरपीएम पनि बढ्ने भएकाले एक्सेलेरेटर थिचेपछि सुई माथितिर उठ्दै जान्छ । अधिकांश सवारी साधनमा ट्याकोमिटर १ देखि ८ सम्मका अंकले बनेको हुन्छ, जसले इन्जिनले अधिकतम ८००० आरपीएम वरिपरि घुम्न सक्ने क्षमता जनाउँछ । सामान्य ड्राइभिङका क्रममा गाडीको आरपीएम प्रायः २००० देखि ३००० बीचमा रहन्छ, जुन इन्जिनको स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ ।

रिपोर्टका अनुसार आरपीएमको सही बुझाइले चालकलाई इन्जिनको लोड, गियर परिवर्तनको सही समय र इन्धन खपतबारे स्पष्ट जानकारी दिन्छ । तर ९० प्रतिशत चालकलाई यसको महत्वबारे जानकारी नहुँदा गाडीको नियमित प्रयोग र दीर्घकालीन टिकाउपनमा अनावश्यक जोखिम उत्पन्न भइरहेको छ ।

सम्बन्धित समाचारहरू

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन...

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन...

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...