टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएसले आफ्नो फ्ल्यागशिप सुपरस्पोर्ट मोटरसाइकल अपाचे आरआर ३१० को अपडेटेड संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । हालै सो बाइक परीक्षणको क्रममा देखिएको थियो ।

अपाचे आरआर ३१० को डिजाइन कम्पनीको पुरानो मोडल जस्तै हुने सक्ने अनुमान गरिएको छ । यद्यपि, यसमा केही फिचर अपडेट हुनेछ । मिडिया रिपोर्टका अनुसार नयाँ अपाचेमा यूएसडी फ्रन्ट फोर्क्स, मोनोशक र फ्रन्ट र रियर डिस्क ब्रेक यथावत् हुनेछ ।

अपाचे आरआर ३१० ३१२ सीसी, सिंगल-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिनले सुसज्जित हुनेछ, जसले ३४ बीएचपीको पावर र २७.३ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको हुनेछ । नयाँ अपाचे थप पावरको साथमा आउने अपेक्षा गरिएको छ ।

नयाँ अपडेट टीभीएस अपाचे आरआर ३१० को मूल्यमा थोरै वृद्धि हुनेछ । रिपोर्टका अनुसार यसको मूल्य २ लाख ७२ हजार भारु हुन सक्छ । सो बाइकले भारतीय बजारमा केटीएम आरसी ३९०, अप्रिला आरएस ४५७ र यामाहा वाईजेडएफ आर३ सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टीभीएस मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची

टीभीएस मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा विभिन्न मोडलका टीभीएस मोटरसाइकल तथा स्कुटर...

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१

टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...