महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा घरायसी कामका लागि हलुका तौल, राम्रो माइलेज र सजिलो सञ्चालनका कारण स्कुटरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। शहरी क्षेत्रमा ट्राफिक जाम र पार्किङ समस्याका बीच स्कुटर धेरैका लागि सहज विकल्प बनेको छ। महिला सवारहरूका लागि स्कुटर छनोट गर्दा सामान्यतया हलुका तौल, आरामदायी सिट, पर्याप्त स्टोरेज स्पेस र माइलेज जस्ता पक्षलाई महत्वपूर्ण मानिन्छ ।

यामाहा फेसिनो : यामाहा फेसिनो १२५ माइलेजलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि राम्रो विकल्प मानिन्छ। यस स्कुटरमा हल्का हाइब्रिड सिस्टम उपलब्ध छ, जसले ट्राफिकमा पटक–पटक रोकिने अवस्थामा इन्धन बचत गर्न सहयोग पुर्‍याउँछ । यसको माइलेज करिब ६८ किलोमिटर प्रतिलिटर रहेको छ । साथै यसको तौल हलुका भएकाले भीडभाड भएका शहरका सडकमा चलाउन सहज हुन्छ।

होन्डा एक्टिभा १२५ : होन्डा एक्टिभा १२५ अत्यन्तै लोकप्रिय स्कुटरमध्ये एक हो। सो स्कुटरले करिब ६० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको इन्जिन निकै शान्त मानिन्छ र साइलेन्ट स्टार्ट सिस्टमका कारण स्टार्ट गर्दा आवाज कम हुन्छ। साथै यसको सेवा सुविधा धेरै ठाउँमा सहज रूपमा उपलब्ध हुने भएकाले प्रयोगकर्तालाई मर्मतसम्भारमा पनि सजिलो हुन्छ।

टीभीएस जुपिटर १२५ : टीभीएस जुपिटर १२५ काम गर्ने महिलाहरूका लागि उपयुक्त मानिन्छ । सो स्कुटरमा सिटमुनि ठुलो स्टोरेज स्टोर उपलब्ध छ । यसको माइलेज करिब ५० किलोमिटर प्रतिलिटर रहेको छ ।

सुजुकी एक्सेस १२५ : यो स्कुटर सवारी अनुभव र क्लासिक डिजाइन मन पराउनेका लागि लोकप्रिय विकल्प मानिन्छ । सो स्कुटरले करिब ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको पिकअप राम्रो भएको र इन्जिन कम्पन न्यून भएकाले सवारी गर्दा सहज अनुभव हुन्छ ।

हिरो प्लेजर प्लस एक्सटेक : यो स्कुटर विशेषगरी महिला सवारहरूलाई ध्यानमा राखेर तयार गरिएको स्कुटर हो । यसले करिब ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। यसको कम्प्याक्ट आकारका कारण साँघुरा सडक र सानो पार्किङ स्थानमा पनि सजिलै प्रयोग गर्न सकिन्छ । साथै यसमा ब्लुटुथ जडान जस्ता स्मार्ट सुविधा पनि उपलब्ध छ ।

लामो दूरीको यात्राका लागि यामाहा फेसिनो १२५ वा होन्डा एक्टिभा १२५ राम्रो विकल्प हुन सक्छ। तर दैनिक आवतजावतसँगै सामान बोक्नुपर्ने अवस्था छ भने टीभीएस जुपिटर १२५ बढी उपयोगी हुन सक्छ । सीमित बजेट भएका प्रयोगकर्ताका लागि हिरो प्लेजर प्लस एक्सटेक किफायती विकल्प मानिन्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...