काठमाडौँ महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्ने
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
बिश्वप्रख्यात लक्जरी इभी ब्रान्ड टेस्लालाई आफ्नो राज्यमा प्लान्ट राख्न अनुरोध गर्ने बिषयलाई लिएर भारतमा केही प्रदेशहरुबिच होडबाजी चलको छ । केही समयअघि टेस्लाका प्रमुख एलन मस्कले भारतमा टेस्लाको प्रवेश अनिश्चित बन्दै गएको बिषयलाई जोडेर एक ट्विट गरेका थिए । जहाँ उनले उच्च इम्पोर्ट ड्युटिका कारण भारतमा टेस्लाको प्रबेश अझै निश्चित भैनसकेको उल्लेख गरेका थिए ।
उनको यो ट्विटपछि भारतका ६ वटा राज्यहरुले आफ्नो क्षेत्रमा प्लान्ट लगाए प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउनु पर्ने अधिकतम सेवा सुबिधा उपलब्ध प्रदान गर्न आफूहरु तयार रहेको बताएका थिए । यी राज्यहरुमा वेस्ट वंगाल, तेलगंना, तमिल नाडु, महाराष्ट्र, पन्जाब र कर्नाटक रहेका छन् ।
भारतमा पछिल्लो समय आफ्नो प्रदेशको क्षेत्रमा उद्योग लगाउने बिषयमा प्रदेश सरकारबिच एक प्रकारको होडबाजी नै चल्ने गरेको छ । आफ्नो क्षेत्रमा उद्योग स्थापना हुँदा यसले उक्त प्रदेशमा बसोबास गर्ने नागरिकले रोजगारी पाउने र प्रदेश सरकारको राजश्व समेत बृद्धि हुने कारण यस्तो होडबाजी चल्ने गरेको हो ।
भारतका यी प्रदेशहरुले आफ्नो क्षेत्रमा प्लान्ट स्थापना गर्न अनुरोध गरेपनि टेस्लाको योजना भने तत्कालै प्लान्ट लगाउने रहेको पाइदैन । पहिलो चरणमा आयत गरी बिक्री थाल्ने र बजारको माग अनुसार पछि निर्णय लिने तयारीमा यसका प्रमुख एलन मस्क रहेका छन् । तर भारतीय सरकार भने टेस्लालाई जसरी हुन्छ भारतमै उत्पादन थाल्न दबाद दिइरहेको छ ।
हाल भारतमा टाटा मोटर्स, महिन्द्रा र एमजी लगायत कम्पनीले इभी उत्पादनमा ठूलो रकम लगानी गर्ने घोषणा गरिसकेका छन् । त्यसैगरी मर्सिडिज, बिएमडब्लू, ल्यान्डरोभर र ज्यागुअर जस्ता लक्जरी ब्रान्डले समेत इभीको बजारमा पाइला चालिसकेका कारण टेस्लामाथी जतिसक्दो चाँडो भारतमा प्रबेश गर्नुपर्ने दबाव सिर्जना भएको छ ।
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
काठमाडौं – पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो वार्षिकोत्सवको अवसरमा आज आज...
काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...