याडियाका २०२२ मोडल नेपाल भित्रिदै, २० हजार डिस्काउन्ट र ७ एसेसरिज निःशुल्क

काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । नेपालका लागि कुजु नेपाल प्रालिले यी स्कुटर भित्र्याउने भएको हो ।

नयाँ मोडलसँगै कम्पनीले स्पेसल स्प्रिङ अफर समेत ल्याउने भएको छ । यस अनुसार सबै मोडलमा २० हजार रुपैयाँ नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी हेल्मेट, कि–चेन, टिसर्ट, अम्ब्रेला, क्याप र मगलगायतका विभिन्न एसेसरिज समेत उपलब्ध हुनेछ ।

कुनै पनि पुरानो स्कुटरसँग नयाँ याडिया स्कुटर साट्नका लागि शून्य प्रतिशत ब्याजदर सहितको लोन सहज तरिकाले लिन सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ गरी तीन मोडलका स्कुटरबिक्री–वितरण भइरहेको कम्पनीको भनाइ छ । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४५ हजार, ३ लाख ६५ हजार र २ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

करिब दुई सातामा नयाँ मोडलका स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् । हाल यसको बुकिङ खुला गरिएको कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

दुईपांग्रे इलेक्ट्रिक सवारी साधनमा ब्याट्रीको स्वामित्व बुझ्न जरुरी, यस्तो छ सम्भावना

दुईपांग्रे इलेक्ट्रिक सवारी साधनमा ब्याट्रीको स्वामित्व बुझ्न जरुरी, यस्तो छ सम्भावना

नेपालले दिगो यातायाततर्फको विश्वव्यापी ट्रेन्डलाई अँगाल्दै गर्दा...

६६ घण्टामा २७ हजार बुकिङ भएको भियतनामी इलेक्ट्रिक कार

६६ घण्टामा २७ हजार बुकिङ भएको भियतनामी इलेक्ट्रिक कार

भियतनामी इलेक्ट्रिक कार कम्पनी भिनफास्ट अटोले आफ्नो भीएफ३ कम्प्याक्ट...

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...