नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...
आज विश्व वातावरण दिवस । सो अवसरमा विद्युतीय सवारीको विषयमा चर्चा गर्नु उपयुक्त होला ।
विद्युतीय सवारी आयातले वातावरणीय प्रभावमा सकारात्मक प्रभाव अवश्य पार्नेछ । यस्तै विषयलाई मध्यनजर गरेर होला सरकारले पनि वि.सं. २०८८ सम्मको योजना घोषणा पनि गरेको छ । यस अनुसार हाल प्रचलित पेट्रोलियम गाडीलाई विस्तारै विद्युतीय गाडीमा रुपान्तरण गरिने छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषित अन्तःशुल्क मिनाहा पछि गाडी आयात गर्ने व्यवसायीहरूवाट पूर्व आधारभूत आवश्यक तयारी विना नै विद्युतीय सवारी साधन धमाधम आयात हुने अवस्था देखियको छ । आयात पछि आवश्यक पर्ने उचित मापदण्ड विनाको आयातले भविष्यमा उपभोक्ता समस्यामा पर्ने र सम्बन्धित व्यवसायीलाई पनि मर्मत तथा आवश्यक ब्यवस्थापनमा अफ्ठ्यारो परिस्थिति उत्पन्न हुनसक्छ ।
सरकार वा सम्बन्धित निकाय पूर्व तयारीको सन्दर्भमा तत्काल सक्रिय हुनु जरूरी छ । यस सम्बन्धमा मेरा केही तर्कहरु उल्लेख गरेको छु ।
– सार्वजनिक (फास्ट) चार्ज स्टेसन (Public Charger) नभएको अवस्था छ ! केही गाडी आयात कम्पनीले निजी रूपमा स्थापना गरेका विभिन्न स्थानका चार्जर मध्ये कतिपयले काम गर्दैनन् । वेला–वेलामा त्यसको जाँच गरी दुरूस्त राख्ने संयन्त्र छैन ! सरकारले सार्वजनिक चार्जर स्टेसन स्थापना गर्ने कार्यक्रम योजनामै सीमित छ ।
– वर्कसपमा उच्च भोल्टेजमा काम गर्दा अपनाउनु पर्ने सूरक्षा र त्यसको लागि आवश्यक पर्ने सुरक्षा उपकरण तथा मर्मत सम्भारको लागि सो अनुसारको योग्य र दक्ष जनशक्ति अभाव छ । सो को लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकार, सीटीईभीटी, संम्बन्धित आयातकर्ता, अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा आदि संस्थाको कुनै ठोस योजना जानकारीमा छैन । सम्बन्धित कंपनीले दिएको सामान्य तालिम वा सामान्य तालिम नपाएरै काम गर्दा भविष्यमा हुन सक्ने दुर्घटनाको जिम्मेवार को हुने ?
– विद्युतीय गाडीमा काम गर्दा प्रयोग हुने टुल्स, वर्किङ टेबुल तथा इक्विपमेन्ट हाइ भोल्टेज प्रोटक्सन अर्थात पूर्ण रुपले इन्सुलेटेड हुनु जरुरी छ । ब्याट्रीको काम गर्ने वर्कसप वा क्याविन अत्यन्त सुरक्षित हुन जरूरी छ । पुरानो तथा नयाँ ब्याट्री कस्तो तरिकाले कस्तो ठाउँमा ब्यबस्थापन गर्ने वा स्टोर गर्ने जस्ता विषय अत्यन्त संवेदनशील तरिकाले मिलाउन जरूरी छ ।
– पुराना ब्याट्रीहरू डिस्पोज वा रिसाइकल गर्ने सुविधा नेपालमा छैन । केही बर्ष पछि फेरिएका हजारौं पुराना ब्याट्रीहरू कसरी डिस्पोज गर्ने ? अहिलेनै त्यसको तयारी गर्नु पर्दछ । विगतमा केही आयातकर्ताले ल्याएको बिद्युतीय गाडीहरूको केही ब्याट्री फेरिसकेका होलान् र फेरिएका त्यस्ता ब्याट्री कता थन्क्याइएका छन्, बुझ्नु अति जरूरी छ ।
– विद्युतीय गाडी चार्ज गर्दा उपयुक्त स्पेसिफिकेसनको चार्जर प्रयोग गर्नु पर्छ । यसले गाडीको व्याट्रीको लाइफ जोगाउछ । जुन पायो त्यही चार्जर प्रयोग गर्नु हुदैन । चार्जरको चार्जिङ रेट तथा चार्ज पोर्ट वा प्लग मिल्छ, मिल्दैन ध्यान दिनु जरूरी हुन्छ । गलत प्रयोगले ब्याट्रीलाई क्षति वा थर्मल इन्सिडेन्ट आदि दुर्घटना हुन सक्छ ।
– विद्युतीय सवारीको लागि चार्जर जोड्दा सुरक्षालाई धेरै ध्यनमा राख्नु पर्छ । चार्जरको क्षमता, इन्पुट सप्लाई पावर तथा भोल्टलाई ध्यानमा राखेर जडानमा प्रयोग हुने तारको साइज, एमसीबी र आरसीबी ब्रेकरको प्रकार र क्षमता कस्तो वा कति हुनु पर्छ ध्यान दिनु जरूरी हुन्छ । चार्जर जोड्दा अर्थिङ अनिवार्य हुनु पर्छ ।
यी कुराहरूमा ध्यान दिएमा चार्ज गर्दा वा चार्जरबाट विद्युत लिकेज वा सर्ट सर्किट जस्ता घटनावाट जोगिई बिद्युतीय गाडी, गाडीमा प्रयोग भएको ब्याट्री, गाडी प्रयोगकर्ता, मर्मत सम्भार गर्ने प्राविधिक आदि सबैको सुरक्षा हुन्छ ।
कृष्णप्रसाद पोखरेल
सर्भिस हेड, निसान ड्याटसन सर्भिस सेन्टर
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ का विभिन्न भेरिएन्ट मध्ये...
काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...