विश्वकै सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार सार्वजनिक : ४ सेकेन्डमा २०० किमी प्रतिघण्टाको गति

हालै आयोजना भएको हैदराबाद ई–मोटर शोमा विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार सार्वजनिक भएको छ । यसको नाम ‘बाटिस्टा’ हो । यसको डिजाइन पिनिनफरिनाले गरेको हो ।

बाटिस्टाको डिजाइन आकर्षक हुनुका साथै इटालीमा बनेको सबैभन्दा शक्तिशाली कार पनि हो । साथै, यो आधिकारिक रूपमा संसारको सबैभन्दा टप स्पिड इलेक्ट्रिक कार पनि बनेको छ ।

पिनिनफरिना महिन्द्रा समूहको इटालियन लक्जरी कार ब्रान्ड हो । बाटिस्टाको मूल्य करिव ३० करोड रुपैयाँ राखिएको छ । यसले १.८६ सेकेन्डमा ०–१०० किमी प्रतिघण्टा र ४.७५ सेकेन्डमा ०–२०० किमी प्रति घण्टाको गति लिन सक्छ । बाटिस्टाले मात्र ३१ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट ० सम्मको गति घटाउन सक्छ ।

सो इलेक्ट्रिक कारको टप स्पिड ३५० किमी प्रतिघण्टा छ । यसको ब्याट्रीमा १२० केडब्ल्युएचको क्षमता छ र यसमा ६९६० लिथियम–आयोन सेल छ । यसको तौल लगभग २ टन छ । यसको ड्राइभिङ रेन्ज ४८२ किलोमिटर छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ ईभीको अमेरिका प्रवेश समाप्त हुँदै, ४ गुणा कर बृद्धि गर्ने तयारी

चिनियाँ ईभीको अमेरिका प्रवेश समाप्त हुँदै, ४ गुणा कर बृद्धि गर्ने तयारी

अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...