कानुनी प्रक्रिया पुरा गरेरै कोरला नाकाबाट ईभी भित्रिएको बीवाईडी नेपालको स्पष्टिकरण

काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै कोरला नाका हुँदै नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्न चाहेको समेत बताएको छ ।

साइमेक्स इंकले बजेट घोषणा हुनुअघि नै सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास सम्पन्न भएका बताएको छ । यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएकाे समेत बताएको छ ।

कम्पनीले भनेको छ – हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्। साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ।

ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका साइमेक्स इंकले बताएको छ । यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका र सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको बताइएको छ ।

कम्पनीले भनेको छ – साइमेक्स इंकले बजेट, करसम्बन्धी संशोधन वा वित्तीय नीतिसम्बन्धी कुनै गोप्य जानकारी तिनको आधिकारिक घोषणा हुनुअघि कहिल्यै प्राप्त गरेको छैन। कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पु-याउने खालका हुन् ।

साइमेक्स इंकले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्दछ र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरु सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जानकारी समेत गराएको छ ।

यस वारेमा आवश्यक तथ्यपूर्ण जानकारी मात्र सार्वजनिक गर्न सञ्चार माध्यम तथा अन्य सरोकारवाला पक्षलाई अनुरोध गर्दै साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको स्मरण गर्दै आगामी दिनमा समेत इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

जिली ईएक्स५ ‘सुपर सेल्स एण्ड एक्सचेन्ज’ कार्निभल सम्पन्न

जिली ईएक्स५ ‘सुपर सेल्स एण्ड एक्सचेन्ज’ कार्निभल सम्पन्न

काठमाडौं–एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना...

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

क्यालिफोर्नियामा बस्ने म्यालोरी हार्कोर्टका महिलाले टेस्ला कम्पनी माथि...

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतको अटोमोबाइल बजारमा चिनियाँ कम्पनी बीवाईडीले ऐतिहासिक उपलब्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...