अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेट अटोमोटिभले शकवेभ नामक आफ्नो नयाँ अफ-रोड एन्ड्युरो बाइक लन्च गरेको छ ।

सो बाइकमा १४.५ बीएचपीको इलेक्ट्रिक मोटर सुसज्जित छ, जसलाई ४ किलोवाट ब्याट्री प्याकमा जडान गरिएको छ । यसले फुल चार्जमा १६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसले केवल २.९ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । यसको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा छ र तौल १२० किलोग्राम छ ।

नयाँ हलुका प्लेटफर्ममा निर्मित सो बाइक रोड र अफ-रोड दुवैको लागि उत्कृष्ट बाइक हो । यसलाई ट्र्याकको लागि मात्र होइन तर सडक प्रयोगको लागि पनि डिजाइन गरिएको छ ।

सेफ्टी र कन्ट्रोलका लागि यसमा धेरै उन्नत फिचर प्रदान गरिएको छ । यसमा ४ वटा ट्रयाक्शन कन्ट्रोल मोडहरू छन् । यसमा स्विच गर्न मिल्ने ड्युअल च्यानल एबीएस, ६ लेभलको डायनोमिक रिजेनेरेसन, १९/१७-इन्चको वायर स्पोक ह्विल र ड्युअल पर्पज टायर जस्ता फिचर प्रदान गरिएकव छ ।

सो इलेक्ट्रिक एन्ड्युरो बाइकको बुकिङ सुरु भइसकेको छ । यसको डेलिभरी २०२६ को पहिलो त्रैमासिकबाट सुरु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा – नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

पोखरामा वाडा अटो शो प्रारम्भ : नयाँ जेइको जे६टी सार्वजनिक

पोखरामा वाडा अटो शो प्रारम्भ : नयाँ जेइको जे६टी सार्वजनिक

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले लोकप्रिय इलेक्ट्रिक कार नेक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...