ह्यारियर ईभीको अर्को कठिन परीक्षण सफल, ब्यास नदी सफलतापूर्बक पार
टाटालै हालै लन्च गरेको नयाँ विद्युतीय एसयूभी ह्यारियरले अर्को कठिन...
टाटा मोटर्सले भारतको चार्जिङ पूर्वाधार विस्तार गर्न आफ्नो ‘ओपन कोलाबोरेसन २.०’ पहलको घोषणा गरेको छ । कम्पनीले टाटा.ईभी मेगा चार्जर नेटवर्क स्थापना गर्न प्रमुख चार्जिङ प्वाइन्ट अपरेटरहरू(सिपीओएस) सँग साझेदारी गर्न लागेको हो ।
सन् २०२७ सम्ममा हाल उपलब्ध चार्ज प्वाइन्टको संख्यालाई दोब्बरले बृद्धि गरेर ४ लाखसम्म पुर्याउने लक्ष्य कम्पनीले राखेको छ । नयाँ पहल अन्तर्गत, सिपीओएसले ३० हजार नयाँ सार्वजनिक चार्जिङ पोइन्टहरू स्थापना गर्ने र यी सबै नेटवर्कमा अन्य ब्रान्डका ईभीले समेत पहुँच पाउने जनाइएको छ ।
टाटा मोटर्सले सन् २०२३ देखिनै सिपीओएस र आयल मार्केटिङ कम्पनीहरू (ओएमसिएस) संग साँझेदारी गरी राजमार्ग र मुख्य हट स्पटहरूमा चार्जिङ नेटवर्क विस्तार गर्दै आएको छ । जसका कारण, भारतमा पब्लिक चार्जिङ पोइन्टको संख्या १५ महिनामा दोब्बरले बढेर १८ हजार नाघेको कम्पनी भनाई छ ।
साथै, टाटा.ईभीले २ वर्षमा पाँच सयवटा मेगा चार्जरहरू स्थापना गर्न टाटा पावर, चार्जजोन, स्टाटिक र जिओनसँग एमओयूमा हस्ताक्षर गरेको छ । पहिलो चरणमा यी सुपरफास्ट चार्जरहरू प्रमुख सहर र प्रमुख राजमार्गहरूमा तैनाथ गरिने कम्पनी भनाई छ ।
कम्पनीका अनुसार मेगा चार्जरहरू सबै ईभीका लागि खुला हुने भएपनि टाटाका ग्राहकलाई पहिलो प्राथमिकता दिइनेछ । ग्राहकहरूले आईआरए.ईभी एपमार्फत मेगा चार्जरहरू ट्रयाक गर्न र भुक्तानी गर्न सक्नेछन् ।
टाटालै हालै लन्च गरेको नयाँ विद्युतीय एसयूभी ह्यारियरले अर्को कठिन...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
टाटा मोटर्सले पुणे स्थित प्रोडक्शन प्लान्टमा नयाँ सफारी एसयूभीको १० औं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...