नयाँ टियागो ईभीसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर : ४.३० लाखमा टियागो ईभी

काठमाडौं – टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले ४Þ लाख ३० हजार डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन्।

सेप्टेम्बर १९ देखि २६ अर्थात आगामी शनिबारसम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसरसँगै विभिन्न आकर्षक सुविधा र उपहार प्रदान गर्नु भएको कम्पनीको भनाइ छ । यसको मुख्य सन्देश नै एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट रहेको छ ।

यस अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ ।

ग्राहकलाई थप सुविधा दिने उद्देश्यले यस अवधिभर गाडी खरिद गर्ने ग्राहकहरुको लागि निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिका आवश्यक सुविधामा समेत थप लाभ दिनेछ ।

नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा सर्वाधिक रुचाइएको विद्युतीय मोडल हो । आफ्नो पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीसाधनमा परिर्वतन गर्न चाहने ग्राहकका लागि ‘जोयफुल विक’ ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई अझ उत्साहजनक बनाउने लक्ष्य राखेको छ ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीका बारेमा जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन् ।

अभियान सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले सेप्टेम्बर २६ सम्म यो विशेष अवसरको लाभ लिन सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...