नक्कली पार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान, वर्कशपमै पुगेर सिकाइँदै सक्कली चिन्ने तरिका
काठमाडौं – सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी...
शक्ति र पावरका लागि परिचित टाटा मोटर्सको कारले असम्भव उपलब्धि हासिल गरेको छ। टाटाको कर्भले ४८ हजार किलोग्रामको बोइङ ७३७ तानेर विश्वलाई चकित पारेको छ ।
टाटाले आफ्नो एटलस प्लेटफर्मको शक्ति र ड्युरेबिलिटीको प्रदर्शन र यसको नयाँ हाइपरियन १.२ लिटर जीडीआई इन्जिनको प्रदर्शन गर्दै सो अविश्वसनीय उपलब्धि हासिल गरेको छ ।
टाटा मोटर्सले हालै सार्वजनिक गरेको भिडियोमा सो दृश्य देखिएको छ । केरलाको थिरुबन्थापुरमस्थित एआईईएसएल हयांगरमा सो भिडियो खिचिएको हो ।
यद्यपि सो कारले यस्तो उपलब्धि हासिल गरेको यो पहिलो पटक होइन । टाटा कारले आफ्नो इन्जिनियरिङ क्षमता प्रदर्शन गर्न विमान तानिरहेको यो दोस्रो पटक हो । यसअघि पनि टाटाको हेक्सा कारले ४२ हजार किलोग्रामको ३ वटा ट्रकलाई तानेर सबैलाई स्तब्ध बनाइसकेको छ।
टाटा हेक्सा एक बलियो कार थियो जुन हेभी-ड्युटी ल्याडर-फ्रेम च्यासिसमा आधारित थियो । सो कार ४०० एनएम टर्कको साथ २.२ लिटर टर्बो डिजेल इन्जिनद्वारा संचालित छ । टाटा कर्भ मोनोकोक प्लेटफर्ममा आधारित छ र केवल २२५ एनएम टर्कको साथ १.२-लिटर टर्बो पेट्रोल इन्जिनद्वारा संचालित छ ।
काठमाडौं – सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
भारतीय बजारमा सब ४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा मारुती सुजुकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...