ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यलाई टाटा मोटर्सले गर्यो परिमार्जन

टाटा मोटर्सले सन् २०३० सम्ममा ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यमा परिमार्जन गरेको छ । ईभी सेग्मेन्टको बिक्री सुस्त हुँदै गएपछि टाटाले उक्त लक्ष्यलाई घटाएर ३० प्रतिशतमा झारेको हो ।

टाटा मोटर्सका अनुसार २०३० सम्ममा भारतको प्यासेन्जर कार बजार ६० लाख यूनिट पुग्ने कम्पनीले अनुमान लगाएको छ । जसअनुसार टाटाको हिस्सा १८ देखी २० प्रतिशत हाराहारी पुग्ने र वार्षिक १० देखी १२ लाख कार बिक्री गर्ने उसको अनुमान छ ।

२०३० सम्ममा कम्पनीले ३ देखी ४ लाख युनिट हाराहारीमा इलेक्ट्रिक कार बिक्री गर्दै कुल बिक्रीको ३० प्रतिशत हिस्सा होल्ड गर्ने नयाँ लक्ष्य लिएको हो । टाटाले हाल वार्षिक ७३ हजार हाराहारी इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ ।

गत त्रैमासिकको तथ्यांक अनुसार टाटाले तीन महिनामा ५ हजार ५०० देखी ७ हजार ५०० हाराहारीमा इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ । यसैगरी गत अप्रिल र मे महिनामा ईभीको बिक्री गत वर्षको सोही अबधीको तुलनामा निकै कम देखिएएको छ । यसरी बिक्री घट्दै गएपछि कम्पनीले आफ्नो पूर्बनिर्धारित लक्ष्यमा परिमार्जन गरेको सहजै अनुमान गर्न सकिन्छ ।

ईभीको बिक्री घट्ने अनुमान गरेको कम्पनाीले अर्कोतर्फ सीएनजी सवारी साधनको बिक्री भने आगामी वर्षहरूमा बढ्ने अनुमान लगाएको छ । सन् २०३० सम्ममा भारतीय ईभी बजारको हिस्सा २० प्रतिशत पुग्ने अनुमान गरिएको छ । सोही अनुमानलाई आधार मानेर टाटाले उक्त समय अवधीसम्ममा १६ देखी १८ हजार करोड भारु ईभी प्रोजेक्टमा लगानी गर्ने योजना समेत बनाएको छ ।

ईभी अन्तर्गत हाल टाटासंग टियागो, पन्च, नेक्सन र टिगोर मोडल उपलब्ध छ भने छिट्टै ह्यारियर र कर्भ ईभी आउने तयारीमा रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा २०२५ मोडलको टियागो ईभीको डेलिभरी सुरु

नेपालमा २०२५ मोडलको टियागो ईभीको डेलिभरी सुरु

थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा...

अटो एक्सपोमा देखाइएको टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

अटो एक्सपोमा देखाइएको टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...

एमजी ईभीको बिक्री २०० प्रतिशत हाराहारीले बृद्धि, पुग्यो टाटा ईभीको नजिक

एमजी ईभीको बिक्री २०० प्रतिशत हाराहारीले बृद्धि, पुग्यो टाटा ईभीको नजिक

टाटा मोटर्स हाल भारतको अग्रणी इलेक्ट्रिक कार निर्माता हो । कम्पनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...