पेट्रोल डिजेल भर्सनको टाटा नेक्सनमा अब प्यानोरामिक सनरुफ

टाटा मोटर्सले आफ्नो सबैभन्दा लोकप्रिय कार टाटा नेक्सनको पेट्रोल र डिजेल भर्सनलाई प्यानोरामिक सनरुफका साथ लन्च गरेको छ । यसको टप अफ द लाइन फियरलेस प्लस पीएस ट्रिममा सो फिचर उपलब्ध हुनेछ ।

सब–फोर मिटर एसयूभी सेगमेन्टमा यो भन्दा पहिले महिन्द्रा एक्सयूभी ३०० मा मात्र प्यानोरामिक सनरुफ थियो । अब यसमा टाटा नेक्सन पनि थपिएको छ । यसकारण स्वाभाविक रुपमा यी दुई एसयूभी बिच प्रतिस्पर्धा हुनेछ । यो भन्दा पहिले भारतमा सीएनजी भर्सनमा समेत यो फिचर उपलब्ध गराइएको थियो ।

टाटा नेक्सन एसयूभी स्मार्ट, प्योर, क्रिएटिभ र फियरलेस गरी चार ट्रिममा उपलब्ध छ र यसमा ६० भन्दा धेरै कनेक्टिङ फिचर उपलब्ध छन् । यी वाहेक यसमा कम्फर्ट र सेफ्टीका लागि एड्भान्स्ड फिचर रहेका छन् ।

टाटा नेक्सनको फ्रन्टमा नयाँ एलईडी डीआरएल्स स्प्लिट हेडल्याम्प सेटअप दिइएको छ । यसको तल स्पोर्टी बम्परमा एलईडी हेडल्याम्प रहेको छ । साइडमा १६ इन्चको डायमन्ड कट ड्युअल टोन अलोय ह्विल उपलब्ध छ ।

रियरमा फुल कनेक्टेड एलईडी टेललाइट दिइएको छ, जसलाई कम्पनीले ‘एक्स फ्याक्टर टेलल्याम्प’ भन्ने गरेको छ । यसमा वेलकम र गुडबाई फङसन पनि पाइन्छ । सो कार ६ कलर अप्सनमा उपलब्ध हुन्छ ।

कारको क्याबिनमा टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल दिइएको छ । यसका अलावा कारको ड्यासबोर्डमा वान टच प्यानल भएको एचभीएसी युनिट र सेन्टर कन्सोलमा नयाँ गियर सेलेक्टर छ । यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।

सो गाडीमा टाटाको आईआरए २.० मोबाइल कनेक्टेड टेक्नोलोजी, भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, जेबीएल ९ स्पिकर साउन्ड सिस्टम, वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो र पहिलो पटक इन्स्ट्रयुमेन्ट क्लस्टरमा सेगमेन्ट नेभिगेसन डिस्प्ले छ । यी वाहेक यसमा क्रुज कन्ट्रोल, हाइट एड्जस्टेबल ड्राइभर सिट, लेदर अपहोल्स्ट्री र कारको टप भेरिएन्टमा भ्वाइस कमान्डका साथ इलेक्ट्रिक प्यानोरामिक सनरुफ पनि उपलब्ध हुन्छ ।

सेफ्टी फिचरको रुपमा यो गाडीमा ३६० डिग्री क्यामेरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, फर्स्ट क्याटागोरी ब्लाइन्ड भ्यु मोनिटर, ईएसपी, ६ एयरब्याग, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, आइएसओफिक्स, चाइल्ड एंकर सिट र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) जस्ता फिचर रहेका छन् ।

टाटा नेक्सन भारतको पहिलो कार हो, जुन पेट्रोल र डिजेलका साथै सीएनजी र इलेक्ट्रिक गरी चारै भर्सनमा उपलब्ध छ । यो १.२ लिटरको टर्बो पेट्रोल र १.५ लिटरको डिजेल इन्जिनका साथ उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

२०२४ मा रेकर्ड बिक्री गर्ने टाटा मोटर्सको अपेक्षा, कर्भसंगै ह्यारियर र पन्च पनि ईभी भर्सनमा आउने

२०२४ मा रेकर्ड बिक्री गर्ने टाटा मोटर्सको अपेक्षा, कर्भसंगै ह्यारियर र पन्च पनि ईभी भर्सनमा आउने

टाटा मोटर्सले २०२४ मा नयाँ बिक्री रेकर्ड राख्ने अपेक्षा गरेको छ । कम्पनीका...

टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्‍यो आर्थिक सहयोग

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्‍यो आर्थिक सहयोग

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...