सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा
प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...
टाटा मोटर्सले आफ्नो सबैभन्दा लोकप्रिय कार टाटा नेक्सनको पेट्रोल र डिजेल भर्सनलाई प्यानोरामिक सनरुफका साथ लन्च गरेको छ । यसको टप अफ द लाइन फियरलेस प्लस पीएस ट्रिममा सो फिचर उपलब्ध हुनेछ ।
सब–फोर मिटर एसयूभी सेगमेन्टमा यो भन्दा पहिले महिन्द्रा एक्सयूभी ३०० मा मात्र प्यानोरामिक सनरुफ थियो । अब यसमा टाटा नेक्सन पनि थपिएको छ । यसकारण स्वाभाविक रुपमा यी दुई एसयूभी बिच प्रतिस्पर्धा हुनेछ । यो भन्दा पहिले भारतमा सीएनजी भर्सनमा समेत यो फिचर उपलब्ध गराइएको थियो ।
टाटा नेक्सन एसयूभी स्मार्ट, प्योर, क्रिएटिभ र फियरलेस गरी चार ट्रिममा उपलब्ध छ र यसमा ६० भन्दा धेरै कनेक्टिङ फिचर उपलब्ध छन् । यी वाहेक यसमा कम्फर्ट र सेफ्टीका लागि एड्भान्स्ड फिचर रहेका छन् ।
टाटा नेक्सनको फ्रन्टमा नयाँ एलईडी डीआरएल्स स्प्लिट हेडल्याम्प सेटअप दिइएको छ । यसको तल स्पोर्टी बम्परमा एलईडी हेडल्याम्प रहेको छ । साइडमा १६ इन्चको डायमन्ड कट ड्युअल टोन अलोय ह्विल उपलब्ध छ ।
रियरमा फुल कनेक्टेड एलईडी टेललाइट दिइएको छ, जसलाई कम्पनीले ‘एक्स फ्याक्टर टेलल्याम्प’ भन्ने गरेको छ । यसमा वेलकम र गुडबाई फङसन पनि पाइन्छ । सो कार ६ कलर अप्सनमा उपलब्ध हुन्छ ।
कारको क्याबिनमा टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल दिइएको छ । यसका अलावा कारको ड्यासबोर्डमा वान टच प्यानल भएको एचभीएसी युनिट र सेन्टर कन्सोलमा नयाँ गियर सेलेक्टर छ । यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।
सो गाडीमा टाटाको आईआरए २.० मोबाइल कनेक्टेड टेक्नोलोजी, भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, जेबीएल ९ स्पिकर साउन्ड सिस्टम, वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो र पहिलो पटक इन्स्ट्रयुमेन्ट क्लस्टरमा सेगमेन्ट नेभिगेसन डिस्प्ले छ । यी वाहेक यसमा क्रुज कन्ट्रोल, हाइट एड्जस्टेबल ड्राइभर सिट, लेदर अपहोल्स्ट्री र कारको टप भेरिएन्टमा भ्वाइस कमान्डका साथ इलेक्ट्रिक प्यानोरामिक सनरुफ पनि उपलब्ध हुन्छ ।
सेफ्टी फिचरको रुपमा यो गाडीमा ३६० डिग्री क्यामेरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, फर्स्ट क्याटागोरी ब्लाइन्ड भ्यु मोनिटर, ईएसपी, ६ एयरब्याग, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, आइएसओफिक्स, चाइल्ड एंकर सिट र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) जस्ता फिचर रहेका छन् ।
टाटा नेक्सन भारतको पहिलो कार हो, जुन पेट्रोल र डिजेलका साथै सीएनजी र इलेक्ट्रिक गरी चारै भर्सनमा उपलब्ध छ । यो १.२ लिटरको टर्बो पेट्रोल र १.५ लिटरको डिजेल इन्जिनका साथ उपलब्ध छ ।
प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...
टाटा मोटर्सले टियागो फेसलिफ्टको पहिलो टिजर सार्वजनिक गरेको छ । कारमा...
काठमाडौं– टाटाको सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार टियागो ईभीमा दोस्रो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...