टाटा अल्ट्रोज अब अटोमेटिक भेरियन्टमा पनि
यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले...
टाटाको पहिलो विद्युतीय मोडल नेक्सन झनै सुरक्षित बनेर आउने भएको छ । मिडिया रिपोर्टका अनुसार टाटा मोटर्सले यस ईभीमा लेभल२ एडास फिचर थप गर्न लागेको हो ।
नयाँ सुबिधा नेक्सनको टप स्पेक भेरिएन्टमा मात्रै उपलब्ध हुने जनाइएको छ । यद्यपि यस विषयमा कम्पनीबाट कुनै औपचारिक जानकारी भने बाहिर आइसकेको छैन ।
नयाँ फिचर थप भएसँगै नेक्सन ईभी एडास सुइट प्राप्त गर्ने भारतको पहिलो सव फोर मिटर इलेक्ट्रिक एसयूभी हुनेछ । यसमा एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन–किप असिस्ट, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटो हाई बीम असिस्ट, ट्राफिक साइन रिकग्निसन, रियर क्रस ट्राफिक तथा कोलिजन वार्निङ र चालकको निद्रा सेन्सर जस्ता सुरक्षा सुविधाहरू समावेश हुनेछन् ।
लेभल२ एडास सुइट एम्पावर्ड प्लस ए भेरिएन्टमा प्रस्ताव गर्ने अपेक्षा गरिएको छ, जुुन ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले सुसज्जित छ । यस ईभीलाई एकपटक फुल चार्ज गर्दा ४८९ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले...
काठमाडौं– टाटाको सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार टियागो ईभीमा दोस्रो...
केही दिन अघिमात्र नेपाली बजारमा भित्रिएको टाटा नेक्सन ईभी अहिले ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...