अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी
काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट...
काठमाडौं–टाटा मोटर्सले आफ्ना सबै विद्युतीय कारमा ‘ब्याट्री–एज–अ–सर्भिस’ (बास) सुविधा विस्तार गरेको घोषणा गरेको छ ।
यसअघि इन्ट्री लेभलका टियागो र पंच मोडलमा मात्र उपलब्ध यो सुविधा अब नेक्सन, कर्भ, सियरा र ह्यारियर ईभीमा पनि लागू हुने जनाइएको छ ।
यस योजनाअन्तर्गत गाडी र ब्याट्रीको मूल्यलाई अलग–अलग गरेर खरिदकर्तालाई गाडीको सुरुवाती मूल्य निकै कम पर्ने विकल्प दिइएको छ । गाडी किन्दा ब्याट्रीको लागतलाई छुट्याएर सजिलो किस्ता वा प्रयोगका आधारमा छुट्टै फाइनान्सिङ गर्न सकिनेछ ।
कम्पनीका अनुसार ब्याट्री बिनाको गाडीको सुरुवाती मूल्य टियागो ईभीका लागि ४.६९ लाख भारुबाट सुरु भई ह्यारियर ईभीका लागि १४.४९ लाख भारुसम्म तोकिएको छ ।
यसमा प्रति किलोमिटर ब्याट्री प्रयोग शुल्क २.६ रुपैयाँदेखि ५.९ रुपैयाँसम्म पर्ने बताइएको छ । यो सुविधा केवल व्यक्तिगत प्रयोजनका लागि किनिने गाडीहरूमा मात्र लागू हुने र व्यावसायिक प्रयोगका लागि उपलब्ध नहुने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...