टाटाका सबै ईभीमा ‘ब्याट्री–एज–अ–सर्भिस’ सुविधा, अब सस्तो मूल्यमै गाडी किन्न सकिने
काठमाडौं–टाटा मोटर्सले आफ्ना सबै विद्युतीय कारमा...
टाटा मोटर्सले कम्प्याक्ट सेडान सेग्मेन्टलाई लक्षित गर्दै नयाँ एरिस लन्च गरिसकेको छ । नयाँ डिजाइन, आधुनिक प्रविधि, बढी बुट स्पेस र विभिन्न फिचर समेटिएको एरिसले मारुती डिजायरसँग प्रतिस्पर्धा गर्नेछ। नयाँ एरिस र मारुती डिजायरमध्ये कुन कार कस्ता ग्राहकका लागि उपयुक्त हुन्छ जान्नुहोस् ।
टाटा एरिसको सुरुवाती मूल्य ५ लाख २९ हजारभारुबाट सुरु भएर टप भेरियन्टको मूल्य ९ लाख ७४ हजार भारुसम्म पुग्छ। मारुती डिजायरको मूल्य ६ लाख ३० हजारबाट सुरु भएर टप एन्ड भेरियन्टको मूल्य ९ लाख ५४ हजार भारुसम्म पुग्छ।एरिस ५ भेरियन्टमा उपलब्ध छ भने डिजायर ४ भेरियन्टमा बिक्री हुँदै आएको छ।
टाटा एरिसमा फुल एलईडी लाइटिङ र आधुनिक स्टाइलिङ देख्न सकिन्छ। यसको बुटमा टिगोरको फुल-विड्थ स्टप ल्याम्प डिजाइनको प्रभाव पनि देखिन्छ।एरिस विशेषगरी निजी ग्राहकलाई लक्षित गरेर बिक्री गरिनेछ। डिजायरको डिजाइन एरिसको तुलनामा केही परम्परागत भए पनि यसले आधुनिक र प्रिमियम स्वरूप कायम राखेको छ। यसमा एलईडी हेडलाम्प, ड्युअल टोन अलोय ह्विल र फग ल्याम्पलगायतका फिचर उपलब्ध छ । मारुती डिजायर निजी ग्राहकसँगै फ्लीट अपरेटरले पनि प्रयोग गर्न सकिन्छ ।
आकारका हिसाबले टाटा एरिस र मारुती डिजायर दुवैको लम्बाइ ३९९५ एमएम र ह्विलबेस २४५० एमएम रहेको छ। अर्थात् यी दुवै कार लम्बाइ र ह्विलबेसमा समान छन्।तर डिजायरको चौडाइ १७३५ एमएम छ भने एरिसको चौडाइ १६८४ एमएम रहेको छ। एरिसको उचाइ १५३२ एमएम छ भने डिजायरको उचाइ १५२५ एमएम छ। एरिसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ भने डिजायरको ग्राउन्ड क्लियरेन्स १६३ एमएम रहेको छ।एरिसको पेट्रोल भर्सनमा ४१९ लिटरको बुट स्पेस छ भने डिजायरमा ३८२ लिटरको बुट स्पेस उपलब्ध छ।
टाटा एरिसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, बिल्ट-इन ड्यासक्याम, रेन-सेन्सिङ वाइपर, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ब्लाइन्ड-भ्यु मनिटरसहितका फिचर उपलब्ध छ । मारुती डिजायरमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहितको लेयर्ड ड्यासबोर्ड डिजाइन दिइएको छ। यसमा ६ वटा एयरब्याग, वायरलेस चार्जिङ, क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा र क्रुज कन्ट्रोलजस्ता फिचर उपलब्ध छ ।
टाटा एरिसमा १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध छ। पेट्रोल संस्करणले ८५ बीएचपी पावर र ११३ एनएम टर्क उत्पादन गर्छ। यसको सीएनजी संस्करणले ७४ बीएचपी पावर र ९७ एनएम टर्क उत्पादन गर्छ। ट्रान्समिसनका रूपमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प उपलब्ध छ। मारुती डिजायरमा पनि १.२ लिटर पेट्रोल इन्जिन प्रयोग गरिएको छ। यसमा कम्पनीको नयाँ जेड-सिरिजको ३ सिलिन्डर इन्जिन प्रयोग हुन्छ। पेट्रोल संस्करणले ८० बीएचपी पावर र ११२ एनएम टर्क उत्पादन गर्छ। सीएनजी संस्करणमा ६९ बीएचपी पावर र १०२ एनएम टर्क उत्पादन हुन्छ। डिजायरमा पनि ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प दिइएको छ।
टाटा एरिसको पेट्रोल संस्करणले करिब १९ किलोमिटर प्रतिलिटर र सीएनजी संस्करणले करिब २४ किलोमिटर प्रतिकिलोग्राम माइलेज दिने दाबी गरिएको छ। मारुती डिजायरको पेट्रोल संस्करणले २५.१५ किलोमिटर प्रतिलिटर र सीएनजी संस्करणले ३५.६३ किलोमिटर प्रतिकिलोग्रामसम्म माइलेज दिने दाबी गरिएको छ।
डिजायर नेपाली बजारमा पहिले देखि नै उपलब्ध थियो । एरिस भने भर्खर भारतमा लन्च भएको छ । भविष्यमा नेपालमा आयो भने नेपाली ग्राहकले आफ्नो रोजाइ अनुसारको सवारी साधन किन्न सक्ने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...