८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता
टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको...
भारतिय अटो निर्माता टाटा मोटर्सले सन् २०३० सम्ममा आफ्नो प्रोडक्ट लाइनअप थप विस्तार गर्ने भएको छ । कम्पनीले अवको ५ वर्षभित्रमा ७ वटा नयाँ मोडल थप्ने योजना सार्बजनिक गरेको हो ।
भारतमा हालै आयोजित लगानीकर्ता दिवस २०२५ मा टाटा मोटर्सले आगामी ५ वर्षको लागि आफ्नो उत्पादन योजना सेयर गर्दै यसबारे खुलासा गरेको हो । नयाँ उत्पादनमा ईभी र आइसिई संचालित दुबै सेग्मेन्टका कारहरु समावेश हुने जनाइएको छ । यी सात मोडलमा सबैभन्दा पहिला सियरा एसयुभी आउने र यो आईसिईको साथै ईभी भर्सनमा समेत उपलब्ध हुनेछ ।
यसैगरी, कम्पनीले ज्यागुअर ल्यान्ड रोभरको मोड्युलर ईएमए आर्किटेक्चरमा अभिन्यासहित दुई नयाँ मोडल ल्याउने योजना बनाएको छ । वर्न ईभी प्लेटफर्ममा तयार हुने टाटाको पहिलो ईभी मोडलका रुपमा अभिन्या आउन लागेको हो
यी बाहेक टाटा मोटर्सले बाँकी चारवटा मोडल समेत लन्च गर्ने योजना बनाएको छ । । जसमा दुईवटा इलेक्ट्रिक कार र दुईवटा आईसिई संचालित मोडलहरू रहने उल्लेख गरिएको छ ।
कम्पनीले २३ भन्दा बढी फेसलिफ्ट र अपडेटेड मोडलहरू समेत रोल आउट गर्ने योजना बनाएको छ । नयाँ ७ मोडल थापिएसंगै कम्पनीको कुल प्रोडक्ट पोर्टफोलियो १५ वटा पुग्नेछ ।
टाटा मोटर्सले हाल टियागो, अल्ट्रोज, नेक्सन, कर्भ, टिगोर, पन्च, ह्यारियर र सफारी गरी कुल ८ वटा मोडलमा प्यासेन्जर कार बिक्री गर्दै आएको छ । जसमध्ये नेक्सन, पन्च, टियागो, कर्भ, टिगोर र ह्यारियर ईभी भर्सनमा समेत उपलब्ध छन् ।
टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको...
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...