५ वर्षभित्र ७ नयाँ कार लन्च गर्दै टाटा मोटर्स, पहिलो नयाँ मोडल सिएरा हुने

भारतिय अटो निर्माता टाटा मोटर्सले सन् २०३० सम्ममा आफ्नो प्रोडक्ट लाइनअप थप विस्तार गर्ने भएको छ । कम्पनीले अवको ५ वर्षभित्रमा ७ वटा नयाँ मोडल थप्ने योजना सार्बजनिक गरेको हो ।

भारतमा हालै आयोजित लगानीकर्ता दिवस २०२५ मा टाटा मोटर्सले आगामी ५ वर्षको लागि आफ्नो उत्पादन योजना सेयर गर्दै यसबारे खुलासा गरेको हो । नयाँ उत्पादनमा ईभी र आइसिई संचालित दुबै सेग्मेन्टका कारहरु समावेश हुने जनाइएको छ । यी सात मोडलमा सबैभन्दा पहिला सियरा एसयुभी आउने र यो आईसिईको साथै ईभी भर्सनमा समेत उपलब्ध हुनेछ ।

यसैगरी, कम्पनीले ज्यागुअर ल्यान्ड रोभरको मोड्युलर ईएमए आर्किटेक्चरमा अभिन्यासहित दुई नयाँ मोडल ल्याउने योजना बनाएको छ । वर्न ईभी प्लेटफर्ममा तयार हुने टाटाको पहिलो ईभी मोडलका रुपमा अभिन्या आउन लागेको हो

यी बाहेक टाटा मोटर्सले बाँकी चारवटा मोडल समेत लन्च गर्ने योजना बनाएको छ । । जसमा दुईवटा इलेक्ट्रिक कार र दुईवटा आईसिई संचालित मोडलहरू रहने उल्लेख गरिएको छ ।

कम्पनीले २३ भन्दा बढी फेसलिफ्ट र अपडेटेड मोडलहरू समेत रोल आउट गर्ने योजना बनाएको छ । नयाँ ७ मोडल थापिएसंगै कम्पनीको कुल प्रोडक्ट पोर्टफोलियो १५ वटा पुग्नेछ ।

टाटा मोटर्सले हाल टियागो, अल्ट्रोज, नेक्सन, कर्भ, टिगोर, पन्च, ह्यारियर र सफारी गरी कुल ८ वटा मोडलमा प्यासेन्जर कार बिक्री गर्दै आएको छ । जसमध्ये नेक्सन, पन्च, टियागो, कर्भ, टिगोर र ह्यारियर ईभी भर्सनमा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...

बनेपामा टाटा प्यासेन्जर कारको नयाँ शोरुम

बनेपामा टाटा प्यासेन्जर कारको नयाँ शोरुम

टाटा प्यासेन्जर कारको नयाँ शोरुम बनेपामा खुलेको छ । टाटा मोटर्सको नेपालका...

ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यलाई टाटा मोटर्सले गर्यो परिमार्जन

ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यलाई टाटा मोटर्सले गर्यो परिमार्जन

टाटा मोटर्सले सन् २०३० सम्ममा ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...