टाटा मोटर्सले कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने, टिजर रिलिज

टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ । कम्पनीले यसको टिजर सोसल मिडियामा पनि सार्वजनिक गरेको छ । कर्भको मुख्य विशेषता भनेको यसको कुपे रूफलाइन हुनेछ, जुन टिजरमा स्पष्ट रूपमा देख्न सकिन्छ ।

टाटा कर्भ इलेक्ट्रिक संस्करणको अवधारणा सन् २०२२ मा सार्वजनिक भएको थियो र टाटाले सन् २०२३ अटो एक्सपोमा यसको आइसीई संस्करण सार्वजनिक गरेको थियो ।

यसमा टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेयरिङ ह्विल, क्यापेसिटिव कन्ट्रोल र गोलाकार ड्राइभ मोड, भेन्टिलेटेड फ्रन्ट सिट, एडजस्टेबल हेडरेस्ट, प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा सिस्टम, लेभल २ एडास, एम्बियन्ट लाइटिङ, ८ स्पिकर जेबीएल अडियो सिस्टम र मल्टिपल एयरब्याग जस्ता फिचर हुनेछ ।

कम्पनीले कर्भ ईभीले एक पटक चार्जमा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिने दाबी गरेको छ । सो एसयूभी सिंगल र ड्युअल इलेक्ट्रिक मोटर कन्फिगरेसन दुवैमा उपलब्ध हुनेछ। एक्टी.ईभी प्लेटफर्ममा आधारित यो कम्पनीको दोस्रो मोडल हुनेछ ।

टाटा कर्भ ईभीले आगामी सिट्रोन बेसाल्ट भिजन कुपे, आगामी मारुती सुजुकी ईभीएक्स र यसको टोयोटा सिबलिंग, हुन्डाई क्रेटा ईभी र महिन्द्रा एक्सयूभी.ई८ सँग प्रतिस्पर्धा गर्नेछ। कर्भ ईभीको इन्टेरियर नेक्सनसँग साझा गर्नेछ तर यसले ड्युअल टोन कालो र सेतो थिमको हुनेछ ।

सम्बन्धित समाचारहरू

२०२४ मा रेकर्ड बिक्री गर्ने टाटा मोटर्सको अपेक्षा, कर्भसंगै ह्यारियर र पन्च पनि ईभी भर्सनमा आउने

२०२४ मा रेकर्ड बिक्री गर्ने टाटा मोटर्सको अपेक्षा, कर्भसंगै ह्यारियर र पन्च पनि ईभी भर्सनमा आउने

टाटा मोटर्सले २०२४ मा नयाँ बिक्री रेकर्ड राख्ने अपेक्षा गरेको छ । कम्पनीका...

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...