टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सको नेक्सन ईभी लन्चिङ समयदेखि हालसम्म १ लाख युनिट बिक्री गरेको घोषणा गरिएको छ । यहाँसम्म आइपुग्न टाटालाई ५ वर्ष लाग्यो ।

टाटा मोटर्सको हाल इलेक्ट्रिक कार क्षेत्रमा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी उपलब्ध छ । कम्पनीले अहिलेसम्म भारतमा आफ्नो इलेक्ट्रिक कार मोडलले करिब १ अर्ब ४० करोड किलोमिटरको दुरी पार गरेको जानकारी दिएको छ ।

टाटा नेक्सन ईभीको मूल्य १४ लाख ४९ हजार भारु मूल्यदेखि सुरु हुन्छ । कम्पनीको टियागो ईभी सबैभन्दा किफायती इलेक्ट्रिक कार मोडल मध्ये एक हो ।

टाटा टियागो ईभीको एक्सई, एक्सटी, एक्सजेड र एक्सजेड प्लस लक्स ४ वटा ट्रिममा उपलब्ध छ । भेरिएन्टको आधारमा इलेक्ट्रिक ह्याचब्याकको रेन्ज २५० किमी वा ३१५ किमी छ ।

टियागो ईभीलाई नेक्सन ईभी पछि लन्च गरिएको थियो र भारतीय बजारमा एक मात्र इलेक्ट्रिक कम्प्याक्ट सेडान हो । टिगोर ईभीसँग एआरएआईले ३१५ किलोमिटरको रेन्ज दाबी गरेको छ ।

टाटा नेक्सन ईभी प्राइम र म्याक्स गरी २ भेरिएन्टमा लन्च गरिन्छ । प्राइम स्ट्यान्डर्ड भर्सन हो जबकि म्याक्स लामो रेन्जको भेरिएन्ट हो । नेक्सन ईभी एक पटक फुल चार्ज गरेपछि यसको ड्राइभिङ रेन्ज ३१२ किलोमिटर हुने दाबी गरिएको छ । जबकि नेक्सन ईभी म्याक्सको रेन्ज ४५३ किलोमिरट हुने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

अक्टोबर २० मा लन्च हुने भयो टाटा पन्च, सम्पूर्ण फिचर भयो सार्वजनिक

अक्टोबर २० मा लन्च हुने भयो टाटा पन्च, सम्पूर्ण फिचर भयो सार्वजनिक

भारतीय बजारमा टाटा पन्च आगामी अक्टोबर २० मा लन्च हुनेछ । टाटा पन्चको...

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर: लक्जरी कारमा मात्र पाइने फिचर अब टाटा सिएरामा

फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर: लक्जरी कारमा मात्र पाइने फिचर अब टाटा सिएरामा

टाटा सिएराले कम्प्याक्ट एसयूभी सेगमेन्टमा हलचल मच्चाइरहेको छ । रेट्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...