प्रतीक्षामा नयाँ टाटा टियागो, थपिए यी फिचर

टाटा मोटर्सले मे २०२६ मा नयाँ ह्याचब्याक कार टियागो र टियागो ईभी लन्च गरेको छ । सो मोडलकाे डिजाइन, प्रविधि, सुरक्षा र सुविधाले प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

मारुती स्विफ्ट र हुन्डाई ग्रान्ड आई१० निओसजस्ता लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गरिरहेको टियागो अब पहिलेभन्दा अझ आधुनिक र आकर्षक बनेको छ।

नयाँ टियागोको सबैभन्दा ठुलो आकर्षण यसको एक्सटेरियर डिजाइन हो । गाडीमा नयाँ एलईडी हेडल्याम्प, आइब्रो स्टाइल डीआरएल, स्लिमर ब्ल्याक ग्रिल र रिडिजाइन बम्पर समावेश गरिएको छ। साथै यसमा नयाँ १५ इन्चका ड्युअल टोन अलोय ह्विल पनि रहेको छ । पछाडिको भागमा टेलल्याम्प र ब्ल्याक क्ल्याडिङ जडान गरिएको छ ।

क्याबिनमा नयाँ अपराइट ड्यासबोर्ड, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फ्लोटिङ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले क्याबिनलाई थप आकर्षक बनाएको छ । यसमा वायरलेस एन्ड्रोइड अटो, वायरलेस एप्पल कारप्ले, ड्युअल वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, क्रुज कन्ट्रोल र कनेक्टेड कार प्रविधि पनि समावेश छ । नयाँ अपहोल्स्ट्री र ग्लस–ब्ल्याक फिनिसिङका कारण क्याबिन अझ फराकिलो र आकर्षक बनाउको छ ।

सेफ्टीका लागि गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड–भ्यु मनिटर, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ईबीडीसहितको एबीएस तथा आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर समावेश गरिएको छ । साथै एटीएम भेरिएन्टमा प्याडल सिफ्टर फिचर पनि उपलब्ध छ।

नयाँ टियागोमा १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिन उपलब्ध छ, जसले ८६ पीएस पावर उत्पादन गर्छ। साथै आई–सीएनजी भेरिएन्ट पनि उपलब्ध गराइएको छ। दुवै इन्जिन म्यानुअल र एएमटी गियरबक्समा उपलब्ध छ । सीएनजी भेरिएन्टमा सेगमेन्टकै पहिलो एएमटी सुविधा दिइएको छ।

नयाँ टियागो नेपाली बजारका लागि समेत प्रतीक्षा गरिएको कार हो । यो कार संभवतः आगामी नाडा अटो शोमा लन्च हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...