चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

काठमाडाैं - नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी - २०२५ चितवनमा लन्च गरेको छ।

चितवनस्थित चितवन गार्डेन रिसोर्टमा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी - २०२५ लन्च भएका हुन्। 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख महाप्रबन्धक  सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा ईभी सार्वजनिक गरिएको थियो।  

कार्यक्रममा सिप्रदी  ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा ईभीका नयाँ मोडलहरु चितवनमा लन्च गर्न पाउँदा उत्साहित भएको बताए। 

उनले कर्भ.ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र नेपाल बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा ढुक्क भएको उल्लेख गरे। 

उनका अनुसार नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीमा धेरै रेन्जमा आएको छ। टियागो ईभी २०२५ मोडल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्ने उनको भनाइ छ।   

त्यस्तै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्षित भएको बताए।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।

आजबाट चितवनक ग्राहकहरुले सफल मोटर्सको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

काठमाडौं –आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु...

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...