नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?

काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कुपे कर्भ ईभी आगामी आइतबार नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । जसले नेपाली अटोप्रेमीहरूको ध्यान तान्ने अनुमान गरिएको छ ।

एसयूभी कुपे डिजाइन पछिल्ला वर्षहरूमा विश्वभर निकै चर्चित बनेको छ । पारम्परिक एसयूभीको बलियो बनावट र कुपेको स्टाइलिस लुक्सको संयोजनले गर्दा एसयूभी कुपे लोकप्रिय भएका हुन् । नेपाली बजारमा पनि पछिल्लो समय लक्जरी गाडी प्रेमीहरूका माझ ‘एसयूभी कुपे’को माग बढ्दै गएको छ । सोही मागलाई टाटा कर्भ ईभीले पूरा गर्ने विश्वास लिएको छ ।

एसयूभी कुपे भनेको के हो ?
कुपे डिजाइनको इतिहास निकै पुरानो छ । यो अवधारणा सुरुमा घोडा गाडीमा देखिएको थियो, जुन पछि कार उद्योगमा पनि विकसित हुँदै आयो । पारम्परिक कुपे गाडीहरू दुई ढोका र लो–रूफलाइन भएका स्टाइलिश स्पोट्र्स कारहरू मात्र थिए तर, समयक्रमसँगै कुपे डिजाइनमा परिवर्तन आयो, जसले गर्दा चार–ढोके र पछिल्लो समयमा एसयूभी कुपेहरू देखा पर्न थालेका हुन्।

एसयूभी कुपेमा एसयूभीको दमदार उपस्थितिलाई कुपेको एरोडाइनामिक स्टाइलसँग मिसाइएको हुन्छ । यी गाडीहरू सामान्य एसयूभी भन्दा अग्ला, फराकिला तर कुपे जस्तै लो–रूफलाइन र स्टाइलिस हुन्छन्।

टाटा कर्भ ईभी नयाँ डिजाइनको परिभाषा
टाटा मोटर्सले अब आधुनिक एसयूभी कुपे सेग्मेन्टमा आफ्नो प्रविधि र डिजाइनको उत्कृष्ट नमुना पेश गर्दैछ । टाटाले पहिला नै ‘टाटा कर्भ ईभी’ लन्च गरिसकेको थियो । उक्त सेग्मेन्टले धेरै सकारात्मक प्रतिक्रिया पाएका कारण टाटाले टाटा कर्भ ईभी–एसयूभी कुपे सार्वजनिक गर्ने तयारी गरेको हो ।

टाटा कर्भ ईभीका विशेषता

१. फ्यूचरिस्टिक डिजाइनः टाटा कर्भ ईभीमा लो रूफलाइन, शार्प कटिङ डिजाइन र प्रिमियम लुक्स रहनेछ।

२. इलेक्ट्रिक पावरट्रेनः कर्भ ईभी पूर्ण रूपमा इलेक्ट्रिक एसयूभी कुपे हुनेछ, जसले पर्यावरणमैत्री प्रविधि र उत्कृष्ट माइलेज प्रदान गर्नेछ।

३. प्रिमियम इन्टेरियरः उच्चस्तरीय इन्टेरियर, डिजिटल डिस्प्ले, एडभान्स इन्फोटेनमेन्ट सिस्टम र शानदार आरामदायी सिटहरू यसमा उपलब्ध हुनेछन्।

४. एडभान्स टेक्नोलोजीः एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएस), कनेक्टेड कार फिचर र उत्कृष्ट सेफ्टी मापनहरूसमेत यसमा समावेश गरिएका छन्।

एसयूभी कुपेको लोकप्रियता किन बढ्दैछ ?
पछिल्ला वर्षहरूमा विभिन्न लक्जरी ब्रान्डहरूले एसयूभी कुपे डिजाइन नै प्रयोग गरिरहेका छन्। मर्सिडीज बेन्ज जिएलई कुपे, बीएमडब्लु एक्स सिक्स, अडी क्यू८, ल्याम्बोर्गिनी उरुस, पोर्श केयेन कुपे जस्ता विश्वविख्यात ब्राण्डका गाडीहरूले यस सेग्मेन्टलाई नयाँ उचाइमा पुर्याएको हो ।

टाटा मोटर्सको रणनीति
टाटा मोटर्स पछिल्ला वर्षहरूमा इलेक्ट्रिक गाडी बजारमा अग्रणी स्थानमा छ । नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी जस्ता चार पाङ्ग्रे गाडीका साथ बजारमा राम्रो उपस्थिति जमाइसकेको टाटाले अब कर्भ ईभी मार्फत एसयूभी कुपे सेग्मेन्टमा पनि नयाँ तरंग ल्याउने तयारी गरेको छ । एसयूभी कुपे डिजाइन अटोमोबाइल उद्योगको भविष्य हो, जसले स्टाइल, लक्जरी र परफर्मेन्सलाई सन्तुलित रूपमा प्रस्तुत गर्छ ।

सम्बन्धित समाचारहरू

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको प्रिमियम ईभी जिकर ००१...

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...

जिली बन्यो युरोपियन युनियनबाट एडास सर्टिफिकेट पाउने पहिलो चिनियाँ अटो निर्माता

जिली बन्यो युरोपियन युनियनबाट एडास सर्टिफिकेट पाउने पहिलो चिनियाँ अटो निर्माता

जिली अटो ग्रुपको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) ले युरोपियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...