५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपालमा सार्वजनिक गरेको छ । एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको टाटा कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभीको टप भेरिएन्ट मात्र नेपालमा उपलब्ध हुने छ । यसकारण यो मूल्य टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य हो । अन्य मोडल भने नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने छैन ।

यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ ।

यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर छ ।

१०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

खिचातानी मिल्यो, मुस्ताङमा राेकिएका बीवाईडी ईभी फुकुवा

खिचातानी मिल्यो, मुस्ताङमा राेकिएका बीवाईडी ईभी फुकुवा

काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका...

‘फ्युचर फेसन र डेलिकेट अफरोड’को अनुभव दिने ‘ओ-युनिभर्स’ अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेइको

‘फ्युचर फेसन र डेलिकेट अफरोड’को अनुभव दिने ‘ओ-युनिभर्स’ अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेइको

काठमाडौँ – आगामी वैशाख १२ गते शुक्रबार, अप्रिल २५ मा ओमोडा एन्ड जेइकोले...

यी ५ कारणले बढ्यो नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग

यी ५ कारणले बढ्यो नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग

नेपाली बजारमा हाल विद्युतीय सवारी अर्थात ईभीको प्रयोग बढ्दो छ । पहिले केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...