नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

काठमाडौं – नेपाली बजारका लागि बहुप्रतीक्षित इलेक्ट्रिक कार (ईभी) का रुपमा रहेको टाटा कर्भ ईभी नेपाली बजारमा भित्रिएको छ । एसयूभी कुपे डिजाइनको सो एसयूभी काठमाडौंमा सजिएको देखिएको हो ।

नेपालका लाथि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसको वारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यद्यपि सो गाडी छिट्टै नै नेपाली बजारमा आउने जानकारी भने पहिले नै सार्वजनिक भएको थियो ।

टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कुपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरिएन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ ईभीले एक पटकको फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज दिन्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ ।

नेपाली बजारमा दुबै ब्याट्री अप्सनमा आउँछ वा एउटा मात्रै ब्याट्री साइजमा उपलब्ध हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट दिइएको छ । हाई भेरिएन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने

टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने

टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण...

टाटाका विद्युतीय सवारी किन्न कामना सेवा विकास बैंकले कर्जा दिने

टाटाका विद्युतीय सवारी किन्न कामना सेवा विकास बैंकले कर्जा दिने

काठमाडौं – कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा...

प्रोटोनको दोस्रो ईभी ईमास ५ यही वर्ष आउने

प्रोटोनको दोस्रो ईभी ईमास ५ यही वर्ष आउने

नेपाली बजारमा हालै प्रोटोनको नयाँ ईभी ईमास ७ भित्रिएको छ । मलेसिया पछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...