नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

काठमाडौं – नेपाली बजारका लागि बहुप्रतीक्षित इलेक्ट्रिक कार (ईभी) का रुपमा रहेको टाटा कर्भ ईभी नेपाली बजारमा भित्रिएको छ । एसयूभी कुपे डिजाइनको सो एसयूभी काठमाडौंमा सजिएको देखिएको हो ।

नेपालका लाथि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसको वारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यद्यपि सो गाडी छिट्टै नै नेपाली बजारमा आउने जानकारी भने पहिले नै सार्वजनिक भएको थियो ।

टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कुपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरिएन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ ईभीले एक पटकको फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज दिन्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ ।

नेपाली बजारमा दुबै ब्याट्री अप्सनमा आउँछ वा एउटा मात्रै ब्याट्री साइजमा उपलब्ध हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट दिइएको छ । हाई भेरिएन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध...

मर्सिडिज बेन्जले ल्याउने भयो सिंगल चार्जमा १ हजार किमी चल्ने इलेक्ट्रिक कार

मर्सिडिज बेन्जले ल्याउने भयो सिंगल चार्जमा १ हजार किमी चल्ने इलेक्ट्रिक कार

जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले लस भेगासमा जारी कन्जुमर...

केई कस्टमर -याली सम्पन्न, ब्रान्डप्रतिको विश्वासमा वृद्धि

केई कस्टमर -याली सम्पन्न, ब्रान्डप्रतिको विश्वासमा वृद्धि

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...